ताप्लेजुङको मतदान स्थलमानै बम विस्फोट

ताप्लेजुङ, मंसिर ९ : ताप्लेजुङ सदरमुकाममा रहेका भानु उच्च माविको मतदान स्थलमानै बम बिष्फोट भएको छ । आईतबार हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि मतदान केन्द्र निर्माणमा कर्मचारी जुटिरहेकै समयमा बम विस्फोट भएको प्रहरीले बताएको छ ।

मतदान गर्ने मतदाताको लागि लाईन मिलाउन बाँस गाड्ने क्रममा भुईमुनि गाडिराखेको बम विस्फोट भएको सो मतदान केन्द्रका मतदान अधिकृत कुवेर नेपालीले बताउनुभयो ।

ठुलो आवाज सहित बम विस्फोट भए पनि मानविय क्षति भने नभएको तर नजिकै मतदाता परीचय पत्र वितरण गरीरहेका कर्मचारीको श्रवण शक्तिमा भने समस्या आएको अधिकृत नेपालीको भनाई छ । विद्यालयको भवन अघि खेलमैदानमा म्यादि प्रहरी, कर्मचारी सहित सुरक्षा निकाय मतदान केन्द्र निर्माणमा जुटिरहेको समयमा भुईमुनि गाडेको भडु (खाना पकाउने भाँडा) बम विस्फेट भएको प्रहरीले बताएको छ ।

सो बम पहिलेनै गाडिएको र अहिले खन्ने क्रममा प्रेसर हुँदा पटेकिएको हुन सक्ने प्रहरीको भनाई छ । यस अघिको स्थानिय तहको निर्वाचनमा सोहि स्थानमा मतदाता उभिएर लाईनमा बस्ने गरी केन्द्र निर्माण गरीएको र अहिले पनि सोहि अनुसार निर्माण हुने आसामा चुनावको बहिस्कारमा रहेकाले बम राखेको हुन सक्ने प्रहरी निरीक्षक होमनाथ दाहालले जानकारी दिनुभयो ।

यता बम चुनाव बहिस्कारमा रहेको विप्लब नेतृत्वको नेकपाले राखेको आसंका गरीए पनि नेकपाका ताप्लेजुङ ईन्चार्ज आसिसले बम विस्फोटका विषयमा आफुलाई जानकारी नभएको र आफुहरु सो घटनामा संलग्न नभएको टेलिफोनमा बताए ।

काम गरीरहेको समय बम पट्किए पछि सबै काम छाडेर कर्मचारी कार्य स्थलबाट बाहिर निस्किएका छन् । बम विस्फोटका कारण कर्मचारीमा मानसीक रुपमा काम गर्न तयार नभएको र केहि कर्मचारीको श्रवण शक्तिमा समस्या भएका कारण सुरक्षा निकाय र मुख्य निर्वाचन अधिृतको कार्यालयले काम गर्ने वाताबरण तयार नभए सम्म काममा फर्कने अबस्था नरहेको सो स्थानमा खटिएका मतदान अधिकृत कुबेर नेपालीले बताउनुभयो ।

अहिले बम विस्फोट भएको स्थानको नेपाली सेना, ससस्त्र प्रहरी, नेपाल प्रहरीको टोलिले अनुसन्धान गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा