पुष्पकमल दाहाल : मनमोहन, केपीजी र मैले नयाँ रेकर्ड बनाएका छौं

 नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनमोहन अधिकारी, केपी शर्मा ओली र आफूले नेपालमा केही रेकर्ड बनाएको बताएका छन् ।

56782199923897989_2014857185466173_1303101405_n

शुक्रबार वाइसिएल नेपाल र युवा संघ नेपालको संयुक्त भेलालाई चितवन क्षेत्र नं. ३ मा  सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ”नेपाल जहिले पनि राजनीतिक स्थिरताको भूमरिमा पर्‍यो । धेरै सरकारले नेपालमा विकास र समृद्धिको पहल गर्न सकेनन् । तर, कमरेड मनमोहन, म र केपीजीले नेपालमा केही नयाँ रेकर्ड बनाएका छौं । हाम्रो नेतृत्वका सरकारहरुले जनता र राष्ट्रको पक्षमा अरुभन्दा राम्रो काम गरे र रेकर्ड बनाए ।”

७० वर्षदेखि भूमरीमा परेको देशलाई स्थिरता दिने जिम्मेवारी आफूहरुको काँधमा आएको पनि उनले बताए । दाहालले भने, ”हामीले नै देशको जिम्मा लिनुपर्छ । कम्युनिष्टहरुको बलियो एकताले मात्र बहुमतको सरकार दिन सक्छ, राजनीतिक स्थिरता दिन सक्छ। अनि, विकास र समृद्धिको नेतृत्व लिन सकिन्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा