टोरन्टो करातेमा नेपालकी यानकुमारीले स्वर्ण पदक जितिन्

५ मंसिर, काठमाडौं : क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले आज स्वर्ण पदक जितेकी छिन् ।

क्यानडास्थित टोरन्टो शहरमा भएको ५७ केजी तौल समूहको फाइनल खेलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्णपदक हात पारेकी हुन् । त्यसअघि बाइ पाउँदै यानकुमारी फाइनलमा प्रवेश गरेकी थिइन् ।

नेपालबाट भाग लिने अन्य दुई महिला खेलाडी भने पदकविहीन रहे । टोरन्टोस्थित भेराइटी भिलेज एथलेटिक सेन्टरमा भएको खेलमा ज्ञानी चुनरा र रेजिना कार्की पहिलो चरणमै पराजित भए ।

महिला ४९ केजीमा रेजिना ९क्यानाडा० तथा ६२ केजी मुनि ज्ञानी (क्युवा)का खेलाडीसँग पराजित भएका हुन् । उक्त च्याम्पियनसिपमा करिब एक हजार १७५ खेलाडीले प्रतिस्पर्धा गरेका राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति