राजधानीका अति व्यस्त ठाउँमा सार्वजनिक शौचालयको कमी

18082016104356Toile-1000x0काठमाडौँ, ५ मंसिर ।  राजधानी काठमाडौँको अति व्यस्त ठाउँ रत्नपार्क, जमल, पुरानो बसपार्क, न्युरोड, सुन्धारा, असन, इन्द्रचोक लगायतमा प्रत्येक घण्टा दुई लाख मानिस विभिन्न काम विशेषले ओहोरदोहोर गर्छन् ।  तर यस्तो व्यस्त ठाउँमा पाँचवटा मात्रै सार्वजनिक शौचालय छन् ।
त्यो जनसङ्ख्या हेर्दा  लाखौँले एउटा सार्वजनिक शौचालय प्रयोग गर्नुपर्ने अवस्था रहेको तथ्य सार्वजनिक भएको छ ।  पाँचौँ विश्व शौचालय दिवसको अवसरमा सोमबार राजधानी आयोजित ‘सार्वजनिक शौचालयको अवस्था’ विषयक छलफलमा यस्तो जानकारी गराइएको हो ।
खानेपानी तथा ढल निकास विभागका अनुसार देशभरका साना र ठूला गरी दुई सयको हारहारीमा सार्वजनिक शौचालय छन् ।  तीमध्ये सबैभन्दा बढी व्यस्त महानगर तथा देशको राजधानी काठमाडौँ उपत्यकामा ८६ वटा रहेका छन् ।  तीमध्ये पनि झण्डै ५० प्रतिशत मात्रै सञ्चालनमा रहेका छन् ।  कतिपय शौचालय सडक विस्तारका नाममा भत्काइएका छन् भने केही मर्मतको अभावले सञ्चालन नभएको खानेपानी र सरसफाइको क्षेत्रमा क्रियाशील संस्था गुथीले जनाएको छ ।  कार्यक्रममा त्यस विभाग अन्तर्गतको वातावरण तथा सरसफाई शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले अहिलेसम्म सञ्चालनमा रहेका अधिकांश सार्वजनिक शौचालयलाई सेवाभन्दा पनि व्यापारिक दृष्टिकोणले बढी प्रयोगमा ल्याउन खोजिएको बताउनुभयो ।
सहस्राब्दी विकास लक्ष्य सन् २०१७ सम्म एक घर एक शौचालय हुने भनिए पनि त्यो लक्ष्य पूर्ण हुन सकेन ।  प्रमुख श्रेष्ठले सहस्राब्दी विकासको लक्ष्य पूर्ण हुन नसके पनि लक्ष्यको नजिक ९३ प्रतिशत घरधुरीमा शौचालयको व्यवस्था भने भइसकेको जानकारी गराउनुभयो ।
सरसफाई अभियन्ता प्रकाश अमात्यले नेपालमा खुला दिसामुक्त क्षेत्र घोषणा अभियानकै रूपमा चले पनि अहिले पनि सात प्रतिशत घरधुरीका बासिन्दाले निजी शौचालय बनाउन नसकेको बताउनुभयो ।
राजधानी रहेको काठमाडौँ महानगरपालिकालाई समेत अझै खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सकिएको छैन ।  खानेपानी तथा ढल निकास विभागका अनुसार काठमाडौँ उपत्यकामा रहेका घरमध्ये एक हजार १२५ घरधुरीमा अहिलेसम्म शौचालय छैनन् ।
पूर्वविज्ञान तथा वातावरणमन्त्री गणेश साहले सार्वजनिक शौचालय बनाउनुभन्दा पनि त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।  उहाँले सार्वजनिक शौचालय निर्माण गर्न लाग्ने लागतमध्ये न्यूनतम एक प्रतिशत त्यसको सरसफाइमा छुट्याउनुपर्ने र अब बनाउँदा त्यो अनुसार योजना गराउन सरोकारवालालाई आग्रह गर्नुभयो ।  काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र तीन सयवटा सार्वजनिक शौचालय निर्माण गरिने र ४० वटाको निर्माणका लागि प्रक्रिया सुरू गरिसकिएको जानकारी दिनुभयो ।
संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ) र विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को संयुक्त प्रतिवेदन २०१४ का अनुसार विश्वमा अहिले पनि ४० करोड मानिस शौचालय प्रयोग गर्दैनन् ।  जसमा सबैभन्दा बढी अफ्रिकी मुलुक र नेपालजस्ता विकासोन्मुख मुलुक रहेका छन् ।  त्यसमा पनि शौचालय नहुँदा सबैभन्दा बढी रोगको सङ्क्रमणबाट बालबालिका प्रभावित भएका छन् ।   ‘फोहोर पानीको व्यवस्थापन’ भन्ने अन्तर्राष्ट्रिय नाराका साथ विश्वभरि विश्व शौचालय दिवस मनाइयो ।  हरेक वर्ष नोभेम्बर १९ मा मनाइने यो दिवसमा शौचालय र सरसफाइसँग केन्द्रित भएर विभिन्न चेतनामूलक कार्यक्रम गर्ने गरिन्छ ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा