एसीसी यु–१९ एसिया कपको उपाधि अफगानिस्तानलाई

मङ्सिर ३,काठमाडौं : अफगानिस्तानले इतिहास रच्दै पहिलो पटक एसीसी यु–१९ एसिया कपको उपाधि जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा पाकिस्तानलाई १८५ रनको भारी अन्तरले पराजित गर्दै अफगानिस्तानले उपाधि उचालेको हो ।

5305575651359125684DO-9XZuUQAIy3eo.

किनरारा ओभलमा २४९ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले २२.१ ओभरमा अलआउट हँुदै ६३ रनमात्रै बनाउन सकेपछि अफगानिस्तानले उपाधि रक्षा गरेको हो । अफगानिस्तानलाई जित दिलाउनका लागि मुजिब उर रहमानले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । उनले सेमिफाइनलमा नेपालविरुद्ध पनि ६ विकेट लिएका थिए । 

पाकिस्तानका कुनै पनि खेलाडीले अफगानिस्तान विरुद्ध राम्रो ब्याटिङ गर्न सकेनन् । पाकिस्तानका मोहम्मद थाहाले १९ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा आउट भए ।

यसअघि पहिले टस हारेर ब्याटिङ गरेको अफगानिस्तानले उत्कृष्ट ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा २४८ रन बनाएको थियो । अफगानिस्तानका लागि इक्रम अलि खिलले नटआउट शतकीय पारी खेले । उनले ११३ बललमा १० चौका र २ छक्काको मद्दतमा १०७ रन बनाए । त्यस्तै, रहमानउल्लाह गुर्बाजले ४० र इब्राहिम जाद्रनले ३६ रन बनाएका थिए ।

यसअघि समूह चरणको आफ्नो पहिलो खेलमा अफगानिस्तानले पाकिस्तालाई ७ विकेटले जितेको थियो । यो खेलमा पनि पाकिस्तानलाई अफगानिस्तानले ५७ रनमा अलआउट गरेको थियो । सेमिफाइनलमा नेपाललाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको टिम हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति