रोल्पामा भयो विस्फोट

Onsari-gharti-speaker1रोल्पा, २ मंसिर । निवर्तमान सभामुख ओनसरी घर्ती, बिनाविभागीय मन्त्री एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई लक्ष्य गरी बम फालिएको छ ।

सदरमुकाम लिबाङमा हुने चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला आउँदै गरेका नेताहरूलाई लक्ष्य गरी शुक्रबार पौने १२ बजे सातदोबाटो नजिकैको भदौरे जंगलमा विस्फोट गराइएको हो । ‘हामीलाई लक्ष्य गरेर बम हानियो । गाडीमा लिबाङ आउँदै थियौं । हाम्रो गाडीनजिकै ठूलो आवाजमा विस्फोट भयो’, निवर्तमान सभामुख घर्तीले भनिन्, ‘संयोगले केही भएन । हामी सुरक्षित छौं ।’

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानेन्द्रप्रसाद फुँयालले रोल्पा नगरपालिका-३, भदौरे जंगलमा बम विस्फोट गराइएको जानकारी दिए । जंगलबाट फालिएको बम सडकसम्म आइपुगेन । सडकबाट केही माथि जंगलमा बम पड्केको थियो । विस्फोट भएको स्थलमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । जंगलमा विस्फोट नभएको अर्को बम पनि फेला परेको छ ।

सदरमुकाम लिबाङदेखि करिब पाँच किलोमिटर दूरीमा बम विस्फोट भएको छ । सातदोबाटोमा प्रहरीको चेक प्वाइन्टबाट तीन किलोमिटर नजिक पर्छ । पछिल्लो समय जिल्लामा शृंखलाबद्ध आक्रमण भइरहेका छन् । यसअघि वाम गठबन्धनकै उम्मेदवार वर्षमान पुन र सिँचाइ राज्यमन्त्री अमरसिंह पुनमाथि आक्रमण भएका थिए । बिहीबार पनि घोडागाउँमा सुतली बम हानिएको थियो ।  अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा