उम्मेदवारमाथि आक्रमण बढ्दो

Nepal-Police_345061872

काठमाडाैं, २ मंसिर ।  रुकुमबाट नेकपा (माओवादी केन्द्र)का प्रतिनिधिसभा सदस्यका उम्मेदवार जनार्दन शर्मामाथि गत कात्तिक २४ गते आक्रमण भयो ।

माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षको आधार क्षेत्र रुकुममा पूर्वलडाकुमाथि भएको आक्रमणलाई विगतमा माओवादी छाडेका सहयोद्धासँग जोडियो । धेरैको अनुमान थियो, शर्मामाथि माओवादीबाट अलग भएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आक्रमण गर्‍यो ।

तर, घटनापछि न नेकपाले आक्रमणको जिम्मा लियो न त राज्य संयन्त्रले नै घटनाका दोषी पहिचान गर्न सक्यो । निर्वाचन आयोगले उम्मेदवार र मतदाताको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण पनि गरायो । सुरक्षा प्रमुख र गृह मन्त्रालयको समेत कार्यभार समालेका प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारको सुरक्षा गर्न सरकार सक्षम र प्रतिबद्ध रहेको बताए ।

तर, क्रमशः उम्मेदवारमाथि आक्रमणका घटना रोकिएका छैनन् । साताभित्र नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) अर्थात् वाम र नेपाली काँग्रेस अर्थात् लोकतान्त्रिक गठबन्धनका गरी १० जनाभन्दा बढी उम्मेदवारमाथि आक्रमण भइसकेको छ । पश्चिम रुकुमबाट सुरु भएको आक्रमणको शृङ्खला पूर्वमा भोजपुरदेखि राजधानीसँगै जोडिएको नुवाकोटसम्म जोडिएको छ ।

शुक्रबार बिहान नुवाकोटको ककनीमा काँग्रेस उम्मेदवार डा. रामशरण महतको गाडी लक्षित गरी बम विस्फोट गराइयो । घटनामा उम्मेदवार महत सुरक्षित रहे पनि अन्य पाँच जना घाइते भए । शुक्रबार नै निवर्तमान सभामुख ओनसरी घर्ती तथा माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा र वर्षमान पुनमाथि रोल्पामा आक्रमण भयो । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा