
काठमाडौंँ, १ मङसिर। प्रदेशसभा र प्रतिनिधिसभाको आसन्न चुनावमा मधेसवादी दलले संविधान संशोधनको मुद्दालाई मुख्य कार्यसूची बनाएका छन् । लामो समयसम्म संविधान संशोधनका लागि सङ्घर्ष गरे पनि त्यो हुन नसकेपछि त्यसलाई नै मुख्य चुनावी एजेन्डा बनाएर मधेसवादी दल चुनावमा गएका हुन् ।
सङ्घीय समाजवादी फोरम नेपाल र राष्ट्रिय मधेस समाजवादी पार्टी (राजपा)नेपालले आफ्नो दललाई मत दिएर बहुमतमा पु¥याए मात्र संविधान संशोधन हुने मतदाताहरू समक्ष राख्दै आएका छन् । राजपा नेपाल र फोरम नेपालको चुनावी गठबन्धनका उम्मेदवारले नेकपा एमाले लगायतका कारण संविधान संशोधन हुन नसकेको आरोप लगाउँदै गर्दै यस पटकको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अत्यधिक मत दिएर सम्पूर्ण उम्मेदवारलाई पठाए मात्र संविधान संशोधन हुनसक्ने विचार मतदाता समक्ष राख्दै आएका छन् ।
सप्तरी–२ का प्रतिनिधिसभा सदस्य फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरूले आफ्नो घोषणापत्रमार्फत संविधान संशोधनको विषयलाई प्राथमिकताका साथ उठाएको बताउनुभयो । तराई मधेसका जनता मात्र होइन, हिमाल–पहाडका आदिवासी जनजाति, पिछडिएका समुदायले पनि संविधान संशोधन चाहेको उल्लेख गर्दै आफूहरूको दल बहुमत ल्याएर संविधान संशोधन गर्ने उहाँले बताउनुभयो । अध्यक्ष यादवले यस चुनावमा अधिकांश ठाउँमा संविधान संशोधनको कुरालाई विशेष रूपमा उठाउने गरेको बताउनुभयो ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य एवम् सिरहा–४ का प्रतिनिधिसभा उम्मेदवार राजकिशोर यादवले मधेसका लागि मुख्य मुद्दा नै संविधान संशोधन भएको र संविधान संशोधन नभएसम्म मधेसको मुक्ति नहुने बताउनुभयो । ‘समृद्धिका कार्यसूची पनि उठाउने गरेको तर मुख्य मुद्दा संविधान संशोधन नै हो’, उहाँले भन्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले संविधान संशोधनका प्रस्ताव संसद्मा लगेको थियो तर त्यसमा सरकार परिवर्तन भएपछि वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले सदनमा लग्दा एमालेले समर्थन नजनाएपछि अन्तिममा प्रस्ताव अस्वीकृत भएको थियो । प्रस्ताव अस्वीकृत भएपछि मात्र राजपा नेपाल चुनावमा भाग लिनका लागि तयार भयो ।
राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य एवम् सर्लाही–२ बाट प्रतिनिधिसभाका उम्मेदवार महेन्द्रराय यादवले संविधान संशोधन नभएकोमा मधेसी जनता आक्रोशित भएको बताउनुभयो । सर्लाहीमा चुनाव प्रचारमा रहनुभएका अध्यक्ष यादवले संविधान संशोधन हुन नदिएका दलहरूको भण्डाफोर गर्ने काम आफूहरूले गरिरहेको दाबी गर्नुभयो । महोत्तरी–२ मा प्रतिनिधिसभाका उम्मेदवार शरतसिंह भण्डारीले प्रमुख तीन दलका कारण संविधान संशोधन हुन नसकेको कुरा तराई मधेसका मतदाताले राम्रोसँग बुझेको दाबी गर्दैै उहाँले संविधान संशोधन हुने गरी मत दिएर पठाउने प्रतिबद्धता जनताबाट आइरहेको बताउनुभयो । गोरखापत्रमा खबर छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा