दुई खर्बमा मेट्रो रेल उपत्यकामा

3a862-metro-rail

काठमाडौँ,  २८ कात्तिक ।   लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसन खण्डको सम्भाव्यता अध्ययन (डिएफएस) र डिपिआर तयार गर्ने जिम्मा रेल विभागलाई दिएको छ। रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डको डिपिआर भने लगानी बोर्ड आफैँले गर्नेछ। दुवै प्रतिवेदन सार्वजनिक–निजी साझेदारीअन्तर्गत बुट प्रणालीमा अघि बढाइनेछ। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

निर्णय चाँडै कार्यान्वयनमा ल्याइने

बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मेट्रो रेलको डिपिआर तयार गर्ने निर्णय चाँडै कार्यान्वयनमा आउने बताए। ‘उपत्यकामा मेट्रो रेल कुदाउने सपना पुरानै हो। यसअघि केही अध्ययन भएका थिए। विविध कारण थन्किए पनि अब यसले फेरि ब्युँझिने मौका पाएको छ। चाँडोभन्दा चाँडो बोर्डको निर्णय कार्यान्वयन हुन्छ,’ उनले भने।

सिइओ अधिकारीले डिएफएस र डिपिआर तयारी मात्र नभई मेट्रो रेल निर्माण कार्य नै अघि बढाइने जानकारी दिए। ‘अहिले सम्भाव्यता र डिपिआर अध्ययनको जिम्मेवारी आएको छ। तयारी भएलगत्तै निर्माणको चरणमा प्रवेश गर्छौँ। त्यसका लागि आवश्यक लगानी जुटाउन सरकारलाई भनिनेछ, सँगै निजी क्षेत्रलाई आह्वान गरिनेछ,’ उनले भने।

यसअघि कोरियन कम्पनीले गरेको थियो सम्भाव्यता अध्ययन

लगानी बोर्डका अनुसार मेट्र रेल सम्बन्धमा यसअघि तयार गरिएको प्रतिवेदन पनि अध्ययन हुनेछ। उपत्यकामा मेट्रो रेल चलाउने उद्देश्यले कोरियन कम्पनीले सन् २०१२ मै सम्भाव्यता अध्ययन गरेको थियो। कम्पनीले ‘इलेक्ट्रिक फायर मेट्रो रेल’ चलाउन रेल विभागको संयोजकत्वमा अध्ययन गरेको थियो। त्यसवेला चक्रपथभित्र मात्रै लक्षित गरी मेट्रो रेल निर्माणको अध्ययन भएको थियो। पाँच लेनमा कुदाउन सकिने भनी गरिएको अध्ययन प्रतिवेदनअनुसार सातदोबाटो–रत्नपार्क–महाराजगन्ज चोकसम्म रुट नंं. ‘ए’ र कलंकी–कालीमाटी–कोटेश्वरसम्म रुट नं. ‘बी’ नाम दिइएको थियो। त्यस्तै, रुट नं. ‘सी’ चक्रपथ, रुट नं. ‘डी’ स्वयम्भू–डिल्लीबजार–बौद्ध र रुट नं. ‘ई’ अन्तर्गत धोबीघाट–सिंहदरबार–नक्साल–गोंगबुलाई राखिएको थियो। प्रतिवेदनअनुसार रुट नं. ‘ए’, ‘बी’ र ‘सी’ इलिभेटेड अर्थात् स्काइरेल हुने भनिएको थियो। रुट नं. नम्बर ‘डी’ र ‘ई’ भने भूमिगत हुने भनिएको थियो।

दुई खर्ब खर्च लाग्ने

बोर्डका अनुसार रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डसम्मको लम्बाइ ४५ किमि छ। सो खण्ड निर्माण गर्न झन्डै एक खर्ब २९ अर्ब लागत लाग्ने अनुमान गरिएको छ। त्यस्तै, रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसनसम्मको लम्बाइ करिब २५ किमि छ। यस खण्डको निर्माण लागत ७५ अर्बभन्दा बढी लाग्ने अनुमान छ। ‘तथ्यांकअनुसार लिक निर्माणको लागत रकम प्रतिकिमि तीन अर्ब रुपैयाँ छ,’ लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीले भने।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।