अन्यौलमा बुढीगण्डकीको भविष्य

budhigandaki_qO8xc7p1mTकाठमाडौँ,  २८ कात्तिक ।  १२ सय मेगावाटको बुढीगण्डकी आयोजना निर्माणको ठेक्का पाएको गेजुवा ग्रुपसँग सम्झौता खारेज गरेसँगै आयोजना निर्माण हुनेमा शंका उत्पन्न भएको छ । यसअघि केपी ओली प्रधानमन्त्री भएका बेला आयोजना स्वदेश पुँजीमै निर्माण गर्न सक्ने निर्णय भएको थियो ।

उक्त सरकारले आयोजना निर्माणमा स्रोत जुटाउन इन्धनमा ५ रुपैयाँ अतिरिक्त कर उठाउन लगाएको थियो । यस्तो रकम उठाउने क्रम अहिले पनि जारी छ । इन्धनको करबाट अहिले १२ अर्ब रुपैयाँभन्दा धेरै रकम उठिसकेको छ । यही सरकारले बुढीगण्डकीलाई चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (ओबिओआर)मा राख्न चीनलाई सिफारिस गरिसकेको छ । चीन सरकारले पनि विभिन्न समयमा नेपालका प्रतिनिधिलाई भेटेर सकारात्मक जवाफ दिँदै आएको छ । बुढीगण्डकीलाई चीनको सरकारी कम्पनी गेजुवाले निर्माण गर्ने भएका कारण ओबिओआरको हिस्सा बन्न सक्ने आकलन गरिएको थियो । तर, अब यो आयोजना नेपालले बनाउने कि विदेशी कम्पनीलाई दिने भन्नेमा थप अन्योल सिर्जना भएको छ।

‘दिँदा र खारेज गर्दा नियमसंगत भएन’
राज्यले सुरुमा बुढीगण्डकी गेजुवालाई दिँदा तथा अहिले सम्झौता खारेज गर्दा पनि नियमसंगत नगरेको नेपाल स्वतन्त्र ऊर्जा उत्पादक संघ (इपान)का अध्यक्ष शैलेन्द्र गुरागाईंले बताए । सोमबारको सरकारी निर्णयले विश्वव्यापी रूपमा नेपालमा वैदेशिक लगानीको उपयुक्त वातावरण नरहेको हल्ला फैलिने शंका उनले व्यक्त गरे । जसले गर्दा अब थप एफडिआई भित्रिन समस्या हुने उनको भनाइ छ । सरकारले दुईपटक ठूला–ठूला गल्ती गरेकाले यस्ता दीर्घकालीन निर्णय राज्य सञ्चालन गर्ने बलियो संयन्त्रले मात्र गर्नुपर्ने उनले बताए । नयाँपत्रिकामा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा