एटीएम ह्याकरको निशानामा नेपाल !

atm-hack_0j81BL1yGdकाठमाडौँ,  २८ कात्तिक । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार ठमेलबाट बुल्गेरियन नागरिक भिटालिया भ्यासिलिभिच नेकिटलाई पक्राउ गरेको छ । उनी एटीएम प्रयोगकर्ताको गोप्य डाटा अनधिकृत रुपमा चोर्न प्रयोग हुने कार्ड स्किमर मेसिनसहित पक्राउ परेका हुन् ।

दुई महिना यता एटीएम मेसिनबाट विभिन्न प्रविधि प्रयोग गरेर अनधिकृत रुपमा रकम निकाल्ने गिरोहका सदस्य पक्राउ परेको यो तेस्रो घटना हो ।

कात्तिक १४ गते नेपाल आएका भिटालियाले कति एटीएम प्रयोगकर्ताको डाटा अनधिकृत रुपमा हात पारेका छन् भनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार उनले एकै दिनमा सयौं एटीएम प्रयोगकर्ताको कोड नम्बर हात पारेका हुन सक्छन् ।

ठमेलको डिस्कभरी होटलको उनी बसेको कोठा छापा मारेर प्रहरीले ग्लोबल आईएमई बैंक, सानिमा बैंक तथा नबिल बैंकको एटीएम मेसिनबाट रकम निकालेका ३ थान स्लिप, विद्युतीय उपकरणहरु खोल्न प्रयोग हुने विभिन्न ५ थान औजारसमेत बरामद गरेको छ ।

पछिल्ला वर्षहरुमा पूर्वी युरोपेली देशका ह्याकरहरु नेपालमा पर्यटकको भेषमा आउने र कमजोर सुरक्षा प्रणालीसहितका नेपाली एटीएम मेसिनबाट प्रयोगकर्ताको एटीएम कार्डको पिन नम्बर र अन्य कोड नम्बर चोरी गरी रकम निकाल्ने गरेका घटना बढेको देखिन्छ । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा