काठमाडौं, २७ कार्तिक : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले गायक बद्रि पंगेनीले आफ्नो नाम भाइरल बनाएर पैसा कमाउन मात्रै खोजेको आरोप लगाएका छन् ।
उनले भने,‘मेरो नाममा भिडियो भाईरल गराएर बद्री पंगेनीले एक तलाको घर थपे, अरु केही हुनेवाला छैनन्, पंगेनी एमालेका कार्यकर्ता हुन्, उनले एमालेको भजन गाउनु स्वभाविक हो।’
हिमालय टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले पार्टीबाट अबको प्रधानमन्त्री आफू नै भएको दाबी समेत गरे । उनले भने,‘अबको प्रधानमन्त्री मै हुँ, पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललेपनि विश्राम लिनुपर्छ ।’
अबको निर्वाचमा आफ्नो पार्टीकै बहुमत आउने समेत उनको दाबी थियो । यदि वाम गठबन्धनको बहुमत आएपनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आँफै प्रधानमन्त्री हुने तर उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिने आरोप लगाए ।
भिडियो हेर्नुहोस् :
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा