विगतका सहकर्मीबीच अहिले रोचक प्रतिस्पर्धी

काठमाडौँ, २४ कात्तिक ।  १८ दिन अगाडिसम्म राजपाको एउटै कमिटीमा रहेका महेन्द्र राय यादव र जंगीलाल राय आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन्।महेन्द्र राजपा अध्यक्षमण्डलका नेता हुन् भने जंगीलाल महासचिव। अहिले महेन्द्र राजपाबाटै सर्लाही २ मा उम्मेदवार छन् भने जंगीलाल कांग्रेसबाट चुनाव लड्दैछन्। ‘हामी दुईबीचको सम्बन्ध राजनीतिक मात्रै हो, व्यक्तिगत होइन,’ बिहीबार सर्लाहीको हरिपूर्वा नगरपालिका–३ पुगेका जंगीलालले भने, ‘राजनीतिमा योसँग चुनाव लड्ने, योसँग नलड्ने भन्ने हुँदैन। जो अगाडि आउँछ, उसैसँग प्रतिस्पर्धा हुन्छ। अहिले महेन्द्रजीसँग हुँदै छ।’

जंगीलालले कात्तिक ६ गते कांग्रेस प्रवेश गरेर टिकट लिएका हुन्। हुन त यी दुई नेता सात महिना मात्रै (वैशाखयता मात्रै) एउटै पार्टीमा रहे। त्यसअगाडि महेन्द्र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष थिए भने जंगीलाल महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री।

०७० को दोस्रो संविधानसभा निर्वाचनमा महेन्द्र सर्लाही ४ बाट र जंगीलाल ५ बाट निर्वाचित भएका थिए। क्षेत्र निर्धारण गर्दा सर्लाहीमा चारवटा मात्रै निर्वाचन क्षेत्र भएपछि यी दुई नेता एकै ठाउँबाट प्रतिस्पर्धामा उत्रेका हुन्।

महेन्द्र र जंगीलाल मात्रै होइन, अन्य केही नेता पनि विगतका आफ्नै सहकर्मीसँग चुनाव लड्दै छन्। यस्तैमा पर्छन्-मोहनसिंह राठौर र झपटबहादुर रावल। उनीहरू दुवै कैलाली २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन्। राठौर कांग्रेसको रुख चिह्नमा र रावल एमालेको सूर्य चिह्न लिएर मैदानमा छन्। यी दुई नेता उम्मेदवारी मनोनयन (कात्तिक १६) को दुई दिन अगाडिसम्म एउटै पार्टी एमालेमा थिए। ०५६ र ०७० को निर्वाचनमा एमालेबाट कैलाली २ मा जितेका राठौरलाई यसपटक पार्टीले टिकट नदिने निर्णय गरेपछि कांग्रेस प्रवेश गरेर उम्मेदवार बनेका हुन्। ०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कैलालीका ६ वटा निर्वाचन क्षेत्रमध्ये कैलाली २ मा मात्रै एमालेले जितेको थियो।

अझ रोचक पक्ष त राठौर र रावलबीच २०६३ सालमा मन्त्री र पिएको सम्बन्ध थियो। राठौर ०६२/०६३ को आन्दोलनपछि अन्तरिमकालको मन्त्रिपरिषद्का शिक्षा राज्यमन्त्री थिए भने झपट उनका पिए। झपट भीम रावल उपप्रधान तथा गृहमन्त्री हुँदासमेत पिए नै थिए।

गोरखा २ मा पनि विगतका आफ्नै सहकर्मी अहिले चुनावी प्रतिस्पर्धामा छन्। त्यहाँको चुनावी प्रतिस्पर्धामा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लामो समयसम्म माओवादीमा एकै हैसियतमा कार्यरत थिए। ०६५ सालदेखि यी दुई नेता माओवादीको उपाध्यक्ष थिए। तर, दुई वर्षअगाडि डा. भट्टराईले माओवादी छोडेर नयाँ शक्ति पार्टी गठन गरेका थिए।

डा. भट्टराई आफ्नै पार्टीको चुनाव चिह्न आँखा लिएर मैदानमा छन् भने श्रेष्ठ गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव लड्दै छन्। भट्टराईलाई कांग्रेको र श्रेष्ठलाई एमालेको साथ छ।

सल्यान र सप्तरीमा पनि माओवादी र राजपाका नेताहरूले आफ्नै विगतका सहकर्मीसँग प्रतिस्पर्धा गर्दै छन्। सल्यानमा विनाविभागीय मन्त्रीसमेत रहेका माओवादी नेता टेकबहादुर बस्नेतसँग स्वतन्त्रबाट आफ्नै सहकर्मी उमाकान्त शर्मा तथा सप्तरीको २ को प्रदेशसभा २ मा राजपा महामन्त्री मनीष सुमनसँग क्षेत्रीय सभापति लक्ष्मण यादव स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धा गर्दै छन्। अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा