निर्वाचनमा बालबालिकाको प्रयोग निषेध

election-commission_nirwachan-chunab_DaMk3sCMVaकाठमाडौँ,  २३ कात्तिक ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनसम्बन्धी क्रियाकलापमा बालबालिकाको प्रयोग निषेध गरिएको बताउनुभएको छ ।  उहाँले बालबालिकालाई आमसभा, जुलुस, प्रचारप्रसार लगायत कुनै पनि राजनीतिक गतिविधिमा सहभागी नगराउन राजनीतिक दल तथा उम्मेदवारहरूसँग आग्रह पनि गर्नुभएको छ ।
बालशिक्षा र अधिकारको क्षेत्रका कार्यरत गैरसरकारी सङ्घसंस्थाले दिएको नागरिक अपिल बुझ्दै प्रमुख आयुक्त डा. यादवले निर्वाचनको बेला विद्यालयमा कुनै पनि राजनीतिक गतिविधि गर्न निषेध गरिएको जानकारी दिनुभयो ।
सकभर विद्यालयमा यस पटक मतगणना गर्ने आयोगको नीति नभएको तर जिल्ला सदरमुकामका विद्यालयमा मतगणना हुन सक्ने सम्भावना भने उहाँले औँल्याउनुभयो ।  राजनीतिक दल र उम्मेदवारबाट हुन सक्ने बालबालिकाको प्रयोगलाई निरुत्साहन गर्न आयोग सहज र सचेत रहेको पनि उहाँले बताउनुभयो ।
शिक्षक तथा अभिभावकलाई निर्वाचनमा बालबालिकाको प्रयोग हुनुहुन्न भनी जिल्ला तहमा सचेतना ¥याली निकाल्न सुझाव दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले शान्ति क्षेत्रको रूपमा रहेको विद्यालयमा राजनीतिक गतिविधि सञ्चालन गर्नु हुँदैन भन्नेमा आयोग दृढ रहेको उल्लेख गर्नुभयो ।  आयोगलाई हस्तान्तरण गरिएको नागरिक अपिलमा विद्यालय परिसरभित्र प्रचारप्रसार, भित्ते लेखन, जुलुस, राजनीतिक छलफल, अन्तक्र्रिया, गोष्ठी र सभा नगर्न, पठन पाठनलाई असर गर्ने कार्यक्रम नबनाउन, बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न नगराउन तथा विद्यालयको पठन पाठनलाई नियमित तुल्याउन सहयोग पु¥याउन आग्रह
गरिएको छ ।
विद्यालयको कुनै पनि आर्थिक, भौतिक स्रोत साधन तथा वस्तु आदिलाई दलविशेष राजनीतिक प्रयोजनका लागि प्रयोग नगर्न, स्थानीय तहमा रहेका राजनीतिक प्रतिनिधिलाई शैक्षिक विकासका लागि पूर्ण जवाफदेही बन्न तथा विद्यालयको हाताभित्र कुनै पनि हातहतियारको प्रदर्शन नगर्न पनि बालअधिकारका क्षेत्रमा कार्यरत सङ्घ संस्थाले अपिल गरेका छन् ।  विद्यालय परिसरमा सम्भव भएसम्म मतदान केन्द्र नराख्न अपिल गरिए पनि अन्यत्र स्थान अभावका कारण अधिकांश विद्यालयमा नै मतदान सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको आयोगको तर्फबाट सो अवसरमा जानकारी गराइएको थियो ।
अपिल बुझाउन शिक्षाका लागि राष्ट्रिय अभियान, युनिसेफ, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, शिक्षा पत्रकार समूह, शिक्षा पत्रकार सञ्जालका प्रतिनिधिहरू आयोग पुग्नुभएको थियो ।
यसैबीच, प्रमुख निर्वाचन आयुक्त डा. यादवले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष बनाउन लागि सञ्चार जगत्बाट बलियो सहयोग प्राप्त भइरहेको बताउनुभएको छ ।  उहाँले आमसञ्चार अनुगमनको जिम्मा यस पटक पनि प्रेस काउन्सिल नेपाललाई दिइएको जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष विपुल पोखरेलको नेतृत्वमा आएको टोलीसँगको कुराकानीमा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न निर्वाचन तोकिएकै समयमा गर्न आयोगले आफ्नो तयारीलाई तीव्र बनाएको बताउनुभयो ।
‘निर्वाचन हाम्रो हो, यसमा महासङ्घको के योगदान हुन सक्छ भनेर जुन जिज्ञासा राख्नुभयो, यसले निर्वाचनप्रतिको कर्तव्य सबैको हो भन्ने प्रमाणित भएको छ’, त्यस क्रममा डा. यादवले भन्नुभयो ।  उहाँले पत्रकारहरूको आफ्नै आचारसंहिता छ, त्यसमा निर्वाचन आचारसंहिताको समेत पालना गर्न आग्रह गर्नुभयो ।
निर्वाचन आयुक्त नरेन्द्र दाहालले निर्वाचनको वातावरण निर्माण गर्न सञ्चार क्षेत्रले पु¥याएको योगदानको प्रशंसा गर्दै निर्वाचनमा महासङ्घजस्तो संस्थाको योगदान महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।  महासङ्घको टोलीमा महासचिव रमेश विष्ट, सचिव रेम विश्वकर्मा, सचिव रामप्रसाद दाहाल, कोषाध्यक्ष राजेश मिश्र लगायत सहभागी हुनुहुन्थ्यो । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा