एएफसी यु–१९ छनौट : अन्तिम खेलमा पनि नेपाल पराजित

२२ कात्तिक, काठमाडौं : किर्गिस्तानमा जारी १९ वर्ष मुनीको एएफसी फुटबल च्याम्पियनसिप छनोट चरणको अन्तिम खेलमा पनि नेपाल ओमनसँग ५–० गोल अन्तरले पराजित भएको छ ।

gn3_1205565712

पहिलो हाफमा ३ गोल खाएको नेपालले दोस्रो हाफमा थप २ गोल खाएको थियो । यसअघि समूह चरणका तीन वटै खेल हारेको नेपालले कुनै खेलमा एक गोल पनि फर्काउन सकेन । नेपाल यसअघि युएइसँग १–०, बहराइनसँग ४–० र आयोजक किर्गिस्तानसँग २–० ले पराजित भएको थियो ।

एक खेलमा जित र एउटा बराबरी गरेको ओमनका लागि फराकिलो जित दोस्रो स्थानमा पुग्नका लागि महत्वपूर्ण खुड्किलो बनेको छ । पाँच टिम सहभागी समूह ए मा  युएइ अंक तालिकाको शीर्ष स्थानमा छ । १० वटा समूहका बिजेता र उत्कृष्ट पाँच उपबिजेता टोली आगामी वर्ष इण्डनेशियामा हुने १९ वर्ष मुनीको एएफसी फुटबल च्याम्पियनसीपका लागि छनौट हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति