युवा क्रिकेट टोली एशिया कपमा सहभागी हुन तयार

कात्तिक २१,काठमाडौँ  : मलेसियामा हुने एशिया कप उन्नाइस वर्षमुनि –यू–१९० क्रिकेट प्रतियोगितामा लागि नेपाली युवा टोलीले भाग लिने भएको छ ।

Cricket-image-810x421_k68DlnrkxL

पन्ध्र खेलाडीसहित २० सदस्यीय नेपाली टोली प्रतियोगिताको तयारीका लागि बंगलादेशमा पुगी तीन अभ्यास खेल खेलेर सोमबार मात्र नेपाल आइपुगेको टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिनुभयो ।

सहभागी खेलाडीमा कप्तान दीपेन्द्रसिंह ऐरीसहित सन्दीप लामिछाने, असिफ शेख, अनिलकुमार शाह, पवन सर्राफ, सन्दीप सुनुवार, रोहितकुमार पौडेल, किशोर महतो, प्रनीत थापा मगर, साहब आलम, कमल सिंह, प्रकाश केसी, जीतेन्द्र सिंह, भीम सार्की र रसिद खान छन् ।

टोलीका मुख्य प्रशिक्षकमा विनोद दास र सहायक प्रशिक्षक कलम अली छन् । नेपालले आफ्नो पहिलो खेल यही कात्तिक २५ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । त्यसैगरी दोस्रो खेल कात्तिक २६ गते भारतसँग तथा समूह चरणको अन्तिम खेलमा कात्तिक २८ गते आयोजक मलेसियाको सामना गर्नेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा आयोजक मलेसियासहित बंगलादेश र भारत तथा समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र अफगानिस्तान छन् । गत महिना मलेसियामा नै भएको इस्टर्न रिजन च्याम्पियनसिपमा नेपाल च्याम्पियन बन्दै यू–१९ एसिया कपका लागि छनोट भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।