यी नेता, जसले केन्द्रको साटो प्रदेशको राजनीति रोजे

shankar-pokheralकाठमाडौंँ, १९ कात्तिक ।  केन्द्रको राजनीतिमा रहनुभएका धेरै नेताहरू आसन्न निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बन्नुभएको छ ।  यसरी केन्द्रबाट प्रदेशमा जानेमा एमालेबाट धेरै जना नेता छन् ।
एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिवद्वय शङ्कर पोखरेल र पृथ्वीसुब्बा गुरुङसहितका नेता प्रदेशसभाका लागि उम्मेदवार हुनुहुन्छ ।  शाक्य प्रदेश ३ अन्तर्गत काठमाडौंँ – ८ को ‘ख’ बाट, पोखरेल प्रदेश ५ अन्तर्गत दाङको क्षेत्र नं. २ ‘क’ बाट र गुरुङ प्रदेश ४ लम्जुङ ‘ख’ बाट उम्मेदवार बन्नुभएको छ ।
एमालेबाट पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार मन्त्री शेरधन राई, भीम आचार्य, राजेन्द्रप्रसाद पाण्डे, किरण गुरुङ र विद्यार्थी नेता राजेन्द्र राई पनि प्रदेशसभाको उम्मेदवार हुनुहुन्छ ।  शेरधन र राजेन्द्र प्रदेश १ भोजपुरको क्रमश ‘ख’ र ‘क’ बाट उम्मेदवार हुनुहुन्छ ।  आचार्य प्रदेश १ सुनसरीको १ ‘क’ बाट उम्मेदवार हुनुहुन्छ ।
एमालेबाट प्रदेशसभामा उम्मेदवार बन्नुभएका कतिपय शीर्ष नेताहरूलाई प्रदेशको मुख्यमन्त्रीको दाबेदारको रूपमा हेरिएको छ ।  कतिपय नेताले आफू मुख्यमन्त्री बन्ने घोषणा नै गरे पनि एमालेले त्यसबारे कुनै निर्णय भने गरेको छैन ।
पहिलो पटक हुन लागेको प्रदेशसभाको चुनावमा नेपाली काँग्रेसबाट निकै कम मात्र ठूला नेता प्रदेशसभामा हुनुहुन्छ ।  प्रदेशसभामा उम्मेदवारी दिने काँग्रेसको माथिल्लो तहको नेता जीवनबहादुर शाही हुनुहुन्छ ।  उहाँले प्रदेश ६ अन्तर्गत हुम्लाको ‘ख’ बाट उम्मेदवारी दिनु भएको छ ।  पूर्व मन्त्रीसमेत रहनु भएका शाहीलाई काँंग्रेसले प्रदेशको मुख्यमन्त्रीको रूपमा अगाडि सारेको ठानिए पनि कुनै औपचारिक निर्णय भने भएको छैन ।
कांग्रेसबाट प्रदेशसभामा सदस्य हुने अन्य राष्ट्रिय राजनीतिमा स्थापित नेताहरूमध्ये प्रदेश ३ मा जगदीश नरसिंह केसी नुवाकोट २ को ‘क’, काठमाडौं २ ‘क’ मा लोकेश ढकाल पनि हुनुहुन्छ ।  त्यस्तै प्रदेश १ अन्तर्गत सोलुखुम्बुको ‘ख’ बाट आङ्गेलु शेर्पा र प्रदेश ४ अन्तर्गत तनहुँको १ ‘क’ मा विद्यार्थी आन्दोलनबाट आएका नेता प्रदीप पौडेल पनि हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रबाट सचिवालय सदस्य कुलप्रसाद केसी, महेन्द्रबहादुर शाही, शालिग्राम जम्मकट्टेल, कृष्णध्वज खड्का, राधिका तामाङसहितका नेताहरू प्रदेशसभाको उम्मेदवार बन्नुभएको छ ।  केसी र खड्का प्रदेश ५ रोल्पाको क्षेत्र १ ‘क’ र प्युठानको क्षेत्र १ ‘ख’ बाट उम्मेदवार हुनुहुन्छ ।  शाही प्रदेश ६ अन्तर्गत कालिकोटको ‘ख’ बाट उम्मेदवार हुनुहुन्छ । 

स्थानीय तहको निर्वाचन परिणामअनुसार माओवादी केन्द्रले प्रदेश मुख्यमन्त्री दाबी गर्ने बलियो सम्भावना देखिएको यो एक मात्र प्रदेश हो जहाँ शाहीलाई मुख्यमन्त्रीको दाबेदारको रूपमा हेरिए पनि कुनै निर्णय भने गरिएको छैन ।
जम्मकट्टेल प्रदेश ३ अन्तर्गत धादिङको १ ख मा उम्मेदवार बन्नुभएको छ ।  तामाङ महिलामध्ये पहिलो राज्य मन्त्रीसमेत बन्नु भएका राधिका तामाङ नुवाकोटको १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार हुनुहुन्छ ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा