यी नेता, जसले केन्द्रको साटो प्रदेशको राजनीति रोजे

shankar-pokheralकाठमाडौंँ, १९ कात्तिक ।  केन्द्रको राजनीतिमा रहनुभएका धेरै नेताहरू आसन्न निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बन्नुभएको छ ।  यसरी केन्द्रबाट प्रदेशमा जानेमा एमालेबाट धेरै जना नेता छन् ।
एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सचिवद्वय शङ्कर पोखरेल र पृथ्वीसुब्बा गुरुङसहितका नेता प्रदेशसभाका लागि उम्मेदवार हुनुहुन्छ ।  शाक्य प्रदेश ३ अन्तर्गत काठमाडौंँ – ८ को ‘ख’ बाट, पोखरेल प्रदेश ५ अन्तर्गत दाङको क्षेत्र नं. २ ‘क’ बाट र गुरुङ प्रदेश ४ लम्जुङ ‘ख’ बाट उम्मेदवार बन्नुभएको छ ।
एमालेबाट पोलिटब्युरो सदस्य एवम् पूर्व सञ्चार मन्त्री शेरधन राई, भीम आचार्य, राजेन्द्रप्रसाद पाण्डे, किरण गुरुङ र विद्यार्थी नेता राजेन्द्र राई पनि प्रदेशसभाको उम्मेदवार हुनुहुन्छ ।  शेरधन र राजेन्द्र प्रदेश १ भोजपुरको क्रमश ‘ख’ र ‘क’ बाट उम्मेदवार हुनुहुन्छ ।  आचार्य प्रदेश १ सुनसरीको १ ‘क’ बाट उम्मेदवार हुनुहुन्छ ।
एमालेबाट प्रदेशसभामा उम्मेदवार बन्नुभएका कतिपय शीर्ष नेताहरूलाई प्रदेशको मुख्यमन्त्रीको दाबेदारको रूपमा हेरिएको छ ।  कतिपय नेताले आफू मुख्यमन्त्री बन्ने घोषणा नै गरे पनि एमालेले त्यसबारे कुनै निर्णय भने गरेको छैन ।
पहिलो पटक हुन लागेको प्रदेशसभाको चुनावमा नेपाली काँग्रेसबाट निकै कम मात्र ठूला नेता प्रदेशसभामा हुनुहुन्छ ।  प्रदेशसभामा उम्मेदवारी दिने काँग्रेसको माथिल्लो तहको नेता जीवनबहादुर शाही हुनुहुन्छ ।  उहाँले प्रदेश ६ अन्तर्गत हुम्लाको ‘ख’ बाट उम्मेदवारी दिनु भएको छ ।  पूर्व मन्त्रीसमेत रहनु भएका शाहीलाई काँंग्रेसले प्रदेशको मुख्यमन्त्रीको रूपमा अगाडि सारेको ठानिए पनि कुनै औपचारिक निर्णय भने भएको छैन ।
कांग्रेसबाट प्रदेशसभामा सदस्य हुने अन्य राष्ट्रिय राजनीतिमा स्थापित नेताहरूमध्ये प्रदेश ३ मा जगदीश नरसिंह केसी नुवाकोट २ को ‘क’, काठमाडौं २ ‘क’ मा लोकेश ढकाल पनि हुनुहुन्छ ।  त्यस्तै प्रदेश १ अन्तर्गत सोलुखुम्बुको ‘ख’ बाट आङ्गेलु शेर्पा र प्रदेश ४ अन्तर्गत तनहुँको १ ‘क’ मा विद्यार्थी आन्दोलनबाट आएका नेता प्रदीप पौडेल पनि हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रबाट सचिवालय सदस्य कुलप्रसाद केसी, महेन्द्रबहादुर शाही, शालिग्राम जम्मकट्टेल, कृष्णध्वज खड्का, राधिका तामाङसहितका नेताहरू प्रदेशसभाको उम्मेदवार बन्नुभएको छ ।  केसी र खड्का प्रदेश ५ रोल्पाको क्षेत्र १ ‘क’ र प्युठानको क्षेत्र १ ‘ख’ बाट उम्मेदवार हुनुहुन्छ ।  शाही प्रदेश ६ अन्तर्गत कालिकोटको ‘ख’ बाट उम्मेदवार हुनुहुन्छ । 

स्थानीय तहको निर्वाचन परिणामअनुसार माओवादी केन्द्रले प्रदेश मुख्यमन्त्री दाबी गर्ने बलियो सम्भावना देखिएको यो एक मात्र प्रदेश हो जहाँ शाहीलाई मुख्यमन्त्रीको दाबेदारको रूपमा हेरिए पनि कुनै निर्णय भने गरिएको छैन ।
जम्मकट्टेल प्रदेश ३ अन्तर्गत धादिङको १ ख मा उम्मेदवार बन्नुभएको छ ।  तामाङ महिलामध्ये पहिलो राज्य मन्त्रीसमेत बन्नु भएका राधिका तामाङ नुवाकोटको १ ‘क’ बाट प्रदेशसभाको उम्मेदवार हुनुहुन्छ ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित