यी हुन् आफ्नै भोट आफैंलाई नपाउने उम्मेदवार

chunab-vote_eI0ChIhylq

काठमाडौं, १८ कात्तिक । दाङ छाडेर दोस्रो संविधानसभा निर्वाचनमा रोल्पाबाट उम्मेदवार भई विजयी भएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा अहिले फेरि प्रतिनिधिसभा सदस्य निर्वाचनमा दाङबाट उम्मेदवार बनेका छन् ।

यहाँबाट उम्मेदवार बन्न उनले ठूलै रस्साकस्सी गर्नुपर्‍यो । टिकटका लागि एमाले नेता शंकर पोख्रेलसँग टक्कर परेका उनलाई पाहुना नेताको ट्याग लाग्यो । अन्तत पोख्रेलसँगको टक्करमा टिकट बाजी मारेका उनै पाहुना नेता महरा दाङ निर्वाचन क्षेत्र नम्बर २ लाई आफ्नो चुनावी क्षेत्र बनाउन सफल भए । तर उनले आफूले आफैलाई भोट हाल्न पाउने छैनन् । उनी दाङका नभइ रोल्पाका मतदाता हुन् ।

१७४३२६२५ मतदाता नम्बर भएका महरा रोल्पा नगरपालिका १ का मतदाता हुन् । महरालाई रोकेर दाङ २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने योजनामा थिए एमाले नेता शंकर पोख्रेल । महरालाई पाहुना नेता भनेर विरोध गरेका उनी आफै पाहुना उम्मेदवार बन्न पुगेका छन् । आफ्नो क्षेत्रबाट प्रतिनिधिसभामा टिकट पाएपछि पोख्रेल प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न अर्को क्षेत्रमा गए । त्यसैकारण उनले पनि आफूलाई मतदान गर्न पाउने छैनन् ।

एमाले नेता पोख्रेलसँग कांग्रेसबाट पनि पाहुना उम्मेदवार नै भिड्दैछन् । पोख्रेलका प्रत्यासी कमलकिशोर घिमिरेले पनि पोख्रेलले जस्तै आफूलाई मतदान गर्न पाउने छैनन् । दाङमा मात्र होइन रोल्पामा पनि यस्ता उम्मेदवार छन् जसले आफूले आफैलाई मतदान गर्न पाउने छैनन् । तीमध्येका एक हुने माओवादीका कुलप्रसाद केसी । रोल्पा नगरपालिका ६ खोलाबाङका मतदाता उनी प्रदेश क बाट प्रदेशसभा सदस्य उम्मेदवार छन्। रोल्पाकै झक्कु सुवेदी पनि आफैलाई भोट हाल्न नपाउने उम्मेदवारमा पर्छन्। उनी काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित