ताप्लेजुङमा भट्टराई र दाहालको प्रतिस्पर्धा

Yogesh-bhattaraiताप्लेजुङ, १८ कात्तिक । मंसिर १० गते हुने संघ र प्रदेशको निर्वाचनमा ताप्लेजुङमा मुख्य प्रतिस्पर्धा वाम गठबन्धन र नेपाली कांग्रेसबीच हुने देखिएको छ। एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभामा ८ र दुई निर्वाचन क्षेत्र रहेको प्रदेश सभामा १५ जना उम्मेदवार चुनावी मैदानमा रहे पनि चर्चामा एमाले-माओवादी र कांग्रेसका उम्मेदवार छन्। प्रतिनिधिसभामा एमाले सचिव योगेश भट्टराई र कांग्रेस पूर्व जिल्ला सभापती केशवप्रसाद दाहालबीचको प्रतिस्पर्धा रोचक बनेको छ।

भट्टराई २०६४ र २०७० को संविधानसभा चुनावमा काठमाडौबाट पराजित भएपछि ताप्लेजुङ आएका हुन् भने दाहाल असारमा भएको स्थानीय तहको चुनावमा फुङलिङ नगरपालिकाको मेयरमा पराजित भएका थिए। यी दुवैलाई जितका लागि पछिल्लो चार वर्षमा थपिएका नयाँ मतदाता निर्णायक देखिएका छन्।

७८ हजार ३ सय ९७ मतदाता रहेको ताप्लेजुङमा गएको स्थानीय तहको चुनावपछि सात हजार ६ सय १८ जना मतदाता थपिएका छन्। २०७० सालको संविधानसभा निर्वाचन भन्दा १९ हजार ५ सय ८८ मतदाता थपिएका छन्।

२०७० सालको संविधान सभाको निर्वाचनमा क्षेत्र १ मा ३२ हजार ९ सय ५० मतदाता रहेको यहाँको क्षेत्र २ मा २५ हजार ८ सय ५९ मतदाता थिए। अहिले यी क्षेत्रको मतदाता संख्या क्रमश ४३ हजार ५३६ र ३४ हजार ८६१ पुगेको छ।

२०७० मा संसदीय क्षेत्र रहेका २ स्थान अहिले प्रदेश सभाका लागि संसदीय क्षेत्र कायम भएका छन्। यसरी हेर्दा क्षेत्र१ मा २०७० साल भन्दा अहिलेको निर्वाचनका लागि १० हजार ५८६ जना तथा क्षेत्र २ मा ९ हजार २ जना मतदाता थपिएका छन्।

२०७० सालको संविधान सभाको निर्वाचनमा दुबै क्षेत्रमा विजयी एमालेले क्षेत्र १ मा ७ हजार ४३४ र क्षेत्र नं २ मा ७ हजार ३४ मत गरी कुल १४ हजार ४६८ मत पाएको थियो। दुबै क्षेत्रमा निकटतम् प्रतिद्वन्द्वी रहको कांग्रेसले क्षेत्र १ मा ७ हजार २९५ तथा क्षेत्र २ मा ४ हजार ८७४ मत गरी १२ हजार १६९ मत पाएको थियो ।

त्यसबेलाको निर्वाचनमा दुबै क्षेत्रमा तेस्रो प्रतिस्पर्धी रहेको माओवादी केन्द्रले क्षेत्र १ मा ६ हजार २७९ र क्षेत्र २ मा ४ हजार ५५७ मत गरी कुल १० हजार ८३६ मत पाएको थियो। गएको स्थानीय तहको निर्वाचनमा नगरपालिकासहित ४ वटा स्थानीय तहमा कांग्रेस र माओवादी, एउटामा कांग्रेस र राप्रपा, एउटामा एमाले र संघीय लिम्बूवान मञ्च तथा एउटामा माओवादी केन्द्र र लिम्बूवान मञ्चबीच चुनावी तालमेल भएको थियो। असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नगरपालिकासहितका ५ स्थानीय तहको प्रमुख पद र ५ उपप्रमुखमा एमाले विजयी बनेको थियो। ४ प्रमुख र २ उपप्रमुखमा कांग्रेस तथा २ उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका थिए । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा