महासमिति सदस्य वनद्वारा काँग्रेस परित्याग

Nepali-congress

भक्तपुर, १७ कात्तिक । नेपाली काँग्रेसका महासमिति सदस्य प्रवीण वनले पार्टी परित्याग गरेका  छन् ।

वनले आज जिल्ला सभापति दुर्लभ थापामार्फत पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिए । आसन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं १ को प्रदेशसभा (क) मा उम्मेदवारीको दौडमा रहेका  वनले पार्टीले टिकट वितरणमा अन्याय गरेको भन्दै पार्टी परित्याग गरेका हुन् । उनले राजीनामापत्रमा ‘आफूले जुन काँग्रेसको परिकल्पना लिएर हिँडेको हो आज त्यस्तो नरहेको र अन्याय गर्न उद्दत रहेकाले काँग्रेसमा आफूलाई निरन्तर समाहित गर्न न्यायोचित नदेखिएकाले’ पार्टी परित्याग गरेको उल्लेख गरेका  छन् । राजीनामापत्रमा वनले लोकतन्त्र र प्रजातन्त्रलाई संकट परेमा त्यसको रक्षार्थ आफूलाई पहिलो पंक्तिमा उभ्याउने प्रतिबद्धता व्यक्त गर्दै अब स्वतन्त्र जीवन जिउने प्रणसमेत गरेका  छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा