
३ महाराज जङ्ग बहादुर राणा बेलायत भ्रमणमा जाने कुरा भयो , उन्ले सोधे ” मलाई कती तोपको सलामी दिनुहुन्छ ?”
उताका दुतले भने , “भारतका कार्यकारीणी /राजाहरु जाँदा ६-७ तोपको सलामी दिने चलन छ , हजुरलाई पनि तेती नै दिन्छौँ । ”
जङ्ग बहादुर कड्किए , म एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी हुँँ , तिम्रो उपनिवेशको एउटा पुतली प्रमुख होइन । सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारी सरह सलामी नदिने भए म बेलायत जान्न । पछी बेलायतले उन्लाई सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र मुलुकको कार्यकारीको हैसियतमा राजकिय सम्मान दियो ।
यात्रा कै क्रममा उन्लाई बेलायत सरकारले १७ लाख पाउण्ड अनुदान दिन खोज्दा उनले “हामी सनातन धर्म मान्ने नेपाली , लिने हैन दिने जात हो ” भनेर अनुदान लिन मानेनन ।
बेलायतबाट फर्किदा भारतमा जङ्ग बहादुरलाई हेर्न ३ लाख मान्छे जम्मा भएका थिए रे ।
यो हो हाम्रो गौरवसाली ईतिहास..
आज त्यही भारतको एउटा नाथे दुत आएर हाम्रो देशका सर्बोच्च ब्यक्ती राष्ट्रपती , प्रधानमन्त्री , ठुला नेताहरुलाई आफ्नो औंलाको ईशारामा चलाऊन खोज्छ , थर्काउन खोज्छ र नमान्दा नाकाबन्दी सम्मको त्रास देखाउन खोज्छ ।
हामी हेपिएको उनीहरुको तागतले होइन , आफ्नै पर निर्भरताले गर्दा हो । हाम्रो पाखुरामा तागत नभाको कहाँ हो र , सबै चीज उसैले बनाएर दिन्छ , हामी सुती सुती खान सिक्छौँ ।
हामी नेपाली हैनौँ , गड्यौला हौँ ।
अब त अत्ती भयो , अझै पनि जाग्ने बेला भएको छैन र ?
आफ्नो आत्म सम्मान खोज्ने बेला भयो ।
जागौँ , देशले राष्ट्रप्रेम मागेको छ ।
जय नेपाल ||
कमांडिंग जनरल बहादुर शमशेर जंगबहादुर राणा ( तत्कालिन राणा प्रधानमन्त्री जुद्ध शमशेरको जेठो छोरा) लाई इटालीको सेनाद्वारा सम्मान; श्रव्यमा पुर्व नेपाली राष्ट्रगान ‘श्रीमान् गम्भिर…’ को धुन सुन्न सकिन्छ ! उनलाई त्यहाँ इटाली सरकारले ‘अर्डर अफ द क्राउन अफ इटाली’ द्वारा सम्मान गरिएको थियो !
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत