लोग्‍नेलाई विष ख्वाई मार्न खोज्दा एकै परिवारका १७ जनाको मृत्यु

poison09काठमाडौँ, १७ कात्तिक । पाकिस्तानमा भर्खरै विवाह गरेकी युवतीले आफ्नो लोग्नेलाई दूधमा विष मिलाएर ख्वाई मार्न खोज्ने क्रममा झुक्किँदा एकै परिवारका १७ जनाको ज्यान गएको छ । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

एक पाकिस्तानी वरिष्ठ प्रहरी अधिकारीले बुधबार बताएअनुसार पाकिस्तानको एक दुर्गम गाउँमा सो घटना भएको हो । २१ वर्षीया आरोपी आसिया बिबीसँग सो घटनाबारे दुई हप्तासम्म सोधपुछ गर्न न्यायाधीशले प्रहरीलाई अधिकार दिएको जिल्ला प्रहरी प्रमुख सोहिल हबिब ताजकले बताए ।

ताजकले भने, ‘बिबी आफैंले लोग्ने मार्ने योजना बनाइन् या आफ्नो केटा साथीको उक्साहटमा त्यसो गरिन् भन्नेबारे निचोडमा पुग्न प्रहरीले बिबीसँग सोधपुछ गर्नेछ ।’

‘प्रारम्भमा जटिल लागेको यो घटना गत हप्ता भएको हो र हाम्रा प्रहरी अधिकारीले घटनामा संलग्न भएको आशंकामा बिबीका केटा साथीलाई समेत समातेको छ’, ताजकले एपीलाई बताए ।

ताजकका अनुसार बिबीको सेप्टेम्बरमा उनको इच्छाविपरीत अलिपुर नगरनजिकको गाउँमा विवाह गरिएको थियो । अलिपुर पूर्वी पन्जाव प्रान्तमा पर्ने मुल्तानबाट सय किलोमिटर दूरीमा पर्छ । उनले भने, ‘बिबी बिहेबाट खुसी थिइनन् र आफ्ना बाआमाको घर फर्कन चाहन्थिन् ।’

ताजकका अनुसार गत हप्ता युवतीले विषालु तत्व आफ्नो केटासाथी साहिद लसारीबाट प्राप्त गरिन् र लोग्नेका लागि भनेर छुट्ट्याइएको दूधमा मिसाइन् । तर, लोग्नेले सो दूध नखाएपछि बिबीकी सासूले विषाक्त दूध परम्परागत दहीजन्य पदार्थ बनाउन प्रयोग गरिन् ।

सो पदार्थ २७ सदस्यीय सो परिवारमा बाँडियो र त्यसको सेवनबाट परिवारका सबै बेहोस भए र अस्पताल लगियो, जसमध्ये १७ जनाको मृत्यु भयो ।दूधजन्य पदार्थमा मिसाइएको विष् खान पुग्दा एकै परिवारको १७ जनाको मृत्यु ।

मंगलबार बिबी र लसारीलाई मुजफ्फरगढ सहरको न्यायालयमा पेस गरियो । त्यहाँ बिबीले आफ्नो इच्छाविपरीत बिहे गराइएकोमा आफूलाई रिस उठेको बताइन् । बिबी र लसारीको पक्षमा वकालत गर्ने वकिल छैनन् । ‘मेरो इस्लाम धर्मले समेत आफूले इच्छा लागेको वर खोज्न छुट दिने भएकाले बारम्बार मेरा बाआमालाई इच्छाविपरीत बिहे नगरिदिन भनें ।
मंगलबार बिबी र लसारीलाई मुजफ्फरगढ सहरको न्यायालयमा पेस गरियो । त्यहाँ बिबीले आफ्नो इच्छाविपरीत बिहे गराइएकोमा आफूलाई रिस उठेको बताइन् । बिबी र लसारीको पक्षमा वकालत गर्ने वकिल छैनन् । ‘मेरो इस्लाम धर्मले समेत आफूले इच्छा लागेको वर खोज्न छुट दिने भएकाले बारम्बार मेरा बाआमालाई इच्छाविपरीत बिहे नगरिदिन भनें ।

मेरा सबै अनुरोधलाई उनीहरूले अस्वीकार गरे र मेरा आफन्तसँग बिहे गर्न बाध्य पारे’, उनले भनिन् । बिबीले बिहेपछि पनि आफ्नो केटासाथीसँग नियमित प्रेम सम्बन्धमा रहेको बताइन् । बिबीले भनिन्, ‘मैले बिहे अस्वीकार गर्नेबारे जस्तोसुकै निर्णय लिन सक्ने भन्दै आफ्ना बाआमालाई सचेत गराएको थिएँ तर उनीहरूले सम्बन्ध-विच्छेद गराउनसमेत दिएनन् ।’

उनले घटनाबारे दुःख व्यक्त गर्दै भनिन्, ‘मेरो केटासाथी लसारीले विष दिए । मैले लोग्ने मार्न खोजेको हुँ तर निर्दोष व्यक्ति मारिए ।’ ताजकले घटनाबारे जानकारी भएका सबैलाई पक्राउ गर्नमा प्रहरी लागेको बताए । मुल्तान सहरमा कार्यरत पाकिस्तानी वरिष्ठ अधिकारकर्मी फैसल चिङवानीले जबर्जस्ती गराइएको बिहेका कारण बिबी मानसिक तनावमा रहेका कारण हत्याको योजना बनाएको बताए । पाकिस्तानमा धेरै अभिभावकले आफ्ना छोरीको इच्छाविरुद्ध बिहे गराइदिने गरेका छन् ।  

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

सेना राजनीतिक विवादमा मुछिनु दुःखद् : ओली

  काठमाडौं, भदौ १९ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

पुनर्स्थापनामा केन्द्रित सरकार, ९३९ शव फेला

  काठमाडौँ, भदौ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट

भोटेकोशी बाढी: बेपत्ताको यकिन तथ्याङ्क आउन बाँकी, सञ्चार अवरुद्ध हुँदा उद्धार र पहिचानमा जटिलता

पीपुल नेपाल सम्बादाता भाद्र १४, काठमाडौँ । भोटेकोशीमा गत बुधबार बिहान आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी