डा.बाबुराम भट्टराई : वाम गठबन्धनले झुक्यायो

baburam-bhattarai_12नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले वाम गठबन्धनले झुक्याएपछि आफू गठबन्धनबाट बाहिरिएको बताएका छन्।

कास्कीमा मङ्गलबार आयोजित  पत्रकार सम्मेलनमा उनले पहिले समाजवादी पार्टी बनाएर जाने भन्दै बोलाएको बताए । ‘नयाँ समाजवादी पार्टी बनाउने हो भनेर बोलाएका थिए,’ भट्टराईले भने ‘तर पछि गएर बुझ्दा त पुरानै कम्युनिष्ट पार्टीको धङधङी बोकेपछि हामी गठबन्धनबाट बाहिरियौँ।’

उनले एमाले र माओवादीले बनाउने भनेको कम्युनिष्ट केन्द्र औचित्य नरहेको बताए। स्टालिनकालीन कम्युनिष्टको नेपालमा कै औचित्य नरहेको उनको जिकिर थियो। उनले एमाले र माओवादीबीच वाम गठबन्धनलाई कम्युनिष्ट केन्द्र बनाउने सहमति भएको थाहा पाएपछि आफूले नयाँ समाजवादी शक्ति बनाउन प्रस्ताव गरेको बताउँदै दुई पार्टीले नमानेपछि आफू गठबन्धनबाटै बाहिरिएको उनको दाबी थियो ।

उनले गोरखा २ वा नयाँ शक्तिलाई १५ सिट नदिएर गठबन्धन तोडेको हल्ला मात्रै भएको बताए। उनले नयाँ शक्ति पार्टी वाम र लोकतान्त्रिक पार्टीको फ्यूजन भएको बताए। काँग्रेस र कम्युनिष्ट दुवैलाई समदूरीमा राखेर अगाडि बढ्ने समेत बताए ।

संयोजक भट्टराईले लोकतान्त्रिक गठबन्धनलाई अस्वाभाविक रुपमा लिन नहुने बताए । ‘नयाँ शक्ति वाम पार्टी पनि हैन, पूर्ण लोकतान्त्रिक पार्टी पनि हैन ।’ उनले भने अबको अावश्यकता नयाँ फ्यूजन नै आवश्यक रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा