काठमाडौँ, १४ कात्तिक । कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलाले प्रतक्ष्यतर्फ झापा क्षेत्र नम्बर ३ नछोड्ने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको सम्बन्ध चिसिँदै गएको छ ।
मंसिर १० र २१ गथते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा दुई पार्टीबीच चुनावी सहकार्य गर्ने रयानीति तय भएको थियो ।
सहकार्यअन्तर्गत प्रतिनिधिसभातर्फ मकवानपुर १ मा राप्रपा अध्यक्ष कमल थापा र झापा ३ मा राप्रपा महामन्त्री राजेन्द्र लिङदेनलाई छोड्ने सहमति भएको थियो ।
कांग्रेसले समानुपातिक सूचीमा रहेको सिटौलाको नाम अघिल्लो दिन फिर्ता गरी सोमबार झापा ३ बाट प्रतक्ष्यतर्फ उठाउने बताएपछि राप्रपा झस्किएको छ ।
कांग्रेसको यो कार्यलाई राप्रपा नेता लिङदेनले देशभरि नै कांग्रेसको चुनावी सहकार्य भाँडिने संकोत गरेका छन् ।
उनले फेसबुकमा लेखेका छन्,
‘भ्रममा नपारौं झापा क्षेत्र नम्बर ३ बाट मेरो उम्मेदवारी कायम रहन्छ, कुरा यत्ति हो एउटै गठबन्धनको २ उम्मेदवार भएपछि कांग्रेससँगको गठबन्धन टुट्यो ।’ नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा