योगदानका आधारमा टिकट वितरण गर्न माग

uml-congress-maobadiभक्तपुर,  १० कात्तिक ।  आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लामो समय पार्टीलाई योगदान पु¥याएका व्यक्तिको मूल्याङ्कनका आधारमा टिकट वितरण गर्न नेपाली काँग्रेस र एमालेका नेता कार्यकर्ताले माग गरेका छन् ।
पार्टीको सङ्गठन विस्तारदेखि पार्टीकै लागि जीवन अर्पण गरेका व्यक्तिको मूल्याङ्कन गरेर टिकट वितरण नगरे चुनाव जित्न गाह्रो हुने प्रतिक्रिया दिँदै टिकट वितरणमा सही मूल्याङ्कन हुनुपर्ने माग उनीहरूले गरेका हुन् ।
भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभातर्फ उम्मेदवारको सिफारिसमा पर्नुभएका नेपाली काँग्रेसका जिल्ला सभापति दुर्लभ थापाले नगर र क्षेत्रीय कमिटीबाट आएका सिफारिसमा जिल्ला समितिले आकाङ्क्षीको नाम थप गरेर सिफारिस गरे पनि पार्टीले सही व्यक्तिको छनोट र मूल्याङ्कन गरेर मात्रै टिकट वितरण गर्नुपर्ने बताउनुभयो ।
नेपाल तरुण दलका पूर्वअध्यक्ष एवं नेपाली काँग्रेसका युवानेता विनोद कायस्थले योगदानका आधारमा पार्टीले टिकट वितरण गर्नुपर्ने माग गर्नुभयो । भक्तपुर निर्वाचन क्षेत्र नं. २ प्रतिनिधिसभातर्फ उम्मेदवारको सिफारिसमा पर्नुभएका उहाँले भन्नुभयो, “पार्टीमै जीवन अर्पण गरेका, यसअघि अवसर नपाएका र पार्टीमा पु¥याएको योगदानको कदर गर्दै यसपटकको निर्वाचनमा पार्टीले टिकट वितरण गर्नुपर्छ, त्यसमा हामी विश्वस्त छौँ ।”
नेपाली काँग्रेस र नेकपा (एमाले)का तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको टिकटको सिफारिसमा परेका व्यक्ति शीर्षस्थ नेताको घर र पार्टी कार्यालयमा टिकट हात पार्न धौडधुप गर्ने क्रम बढेपछि नेताको योगदानका आधारमा टिकट वितरण गर्न माग गरिएको हो ।
सोही निर्वाचन क्षेत्रअन्तर्गत प्रदेश नं. २ सूर्यविनायकका उम्मेदवारको सिफारिसमा पर्नुभएका नेपाली काँग्रेसका जिल्ला सचिव उद्धव सिलवालले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा हुने टिकट वितरणमा राम्रा, जनतामाझ चिरपरिचित र पार्टीमा योगदान पु¥याएकाले टिकट पाएमा चुनाव जित्न गाह्रो नहुने बताउनुभयो ।
निर्वाचन क्षेत्र नं. २ का मध्यपुरथिमिका प्रदेशसभाका लागि उम्मेदवारको सिफारिसमा पर्नुभएका युवानेता सन्तोष भट्टराईले पार्टीले यसपटक नेतृत्व सम्हाल्दै आएका नयाँ पुस्तालाई मौका दिनुपर्ने बताउनुभयो । पटक पटक अवसर पाएकालाई भन्दा पनि अवसर नपाएका युवाको छनोट पार्टीले गर्न सके सहजै चुनाव जित्न सकिने उहाँले प्रतिक्रिया दिनुभयो ।
यता नेकपा (एमाले)का नेता तथा कार्यकर्ताले पनि टिकट वितरणमा पार्टीले सही व्यक्तिको छनोट गर्नुपर्नेमा जोड दिएका छन् । विशेषगरी एमालेको क्षेत्र नं. १ र २ को प्रतिनिधिसभा र चारवटै प्रदेशमा सर्वसम्मत रूपमा उम्मेदवारको सिफारिस गरे पनि प्रदेश नं. २ मा भने प्रदेशसभातर्फ भएको उम्मेदवार सिफारिसको विवादले एमालेमा तरङ्ग पैदा गरेको छ ।
गाउँ, नगर र क्षेत्रले सर्वसम्मत रूपमा पार्टीका पुराना नेता शशीजङ्ग थापाको नाम सिफारिस गरेको र जिल्ला कमिटी बैठकमा समेत बहुमतले थापाको नाम सिफारिस गरे पनि पार्टी अध्यक्ष राजेन्द्र राजथलाले थापाको नाम काटेर आफ्नो मात्रै नाम पठाएपछि भएको विवादले एमालेभित्र तरङ्ग पैदा गरेको हो । पार्टी बैठकमा थापा र राजथला दुवैको नाम सिफारिस गरे पनि अध्यक्षले नियमविपरीत नाम काटेपछि थापाले न्यायको माग गर्दै प्रदेश कमिटी र केन्द्रीय तहसम्म निवेदन दिनुभएको छ ।
थापा र राजथलामध्ये कसलाई टिकट दिने भन्नेबारेमा पार्टी अध्यक्ष ओलीसमेत अलमलमा परेको र सही व्यक्तिलाई टिकट नदिए अध्यक्षकै क्षेत्रमा चुनाव जित्न निकै सङ्कट भोग्नुपर्ने भन्दै एमाले नेता तथा कार्यकर्ताले योगदान एवं अवसरबाट वञ्चित भएका र जनताले रुचाएका व्यक्तिलाई टिकट दिनुपर्ने माग राखेका छन् ।
सूर्यविनायकमा भएको पत्रकार सम्मेलनमा युवानेता महेश बस्नेतले जेजस्तो गरी नाम सिफारिस भए पनि अन्त्यमा सही व्यक्तिले टिकट पाउने प्रतिक्रिया दिनुभयो । निर्वाचन नजिकिँदै गर्दा चुनावी चहल पहल बढेको बेलामा नेपाली काँग्रेस र एमालेका नेता तथा कार्यकर्ताले भने जातिगत विषयलाई पनि मिलाएर लैजानुपर्ने माग गरेका छन् । गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित