काँग्रेसका शीर्ष नेताको उम्मेदवारी तय

congressकाठमाडौँ,  १०  कात्तिक ।  नेपाली काँग्रेसले मङ्सिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पार्टीका शीर्ष २२ जना नेताको निर्वाचन क्षेत्र टुङ्गो लगाएको छ ।  नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बिहीबार बसेको नेपाली काँग्रेस संसदीय समितिको बैठकले उम्मेदवारहरू टुङ्गो लगाएको जानकारी काँग्रेसको निर्वाचन प्रचार समितिका संयोजक बालकृष्ण खाँडले बताउनुभयो ।
पार्टीको निर्णयअनुसार प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी सभापति देउवा डडेल्धुरा क्षेत्र नं. १, वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ जिल्लाको क्षेत्र नं. १, पूर्वमहामन्त्री प्रकाशमान सिंह काठमाडौँ क्षेत्र नं. १, महामन्त्री डा. शशाङ्क कोइराला नवलपरासीको (नवलपुर) जिल्लाको क्षेत्र १, उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ स्याङ्जाको क्षेत्र २, उपप्रधानमन्त्री विजयकुमार गच्छदार सुनसरी ३, पार्टीका नेता विमलेन्द्र निधि धनुषा क्षेत्र नं. ३ बाट उम्मदवार हुनुहुने भएको छ ।
यसैगरी केन्द्रीय सदस्य महेश आचार्य मोरङ क्षेत्र नं. ४, अर्का केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल मोरङकै क्षेत्र नं. २, केन्द्रीय सदस्य डा. शेखर कोइराला मोरङको क्षेत्र नं. ६ बाट उम्मेदवार हुनुहुने भएको जानकारी पनि संयोजक खाँडले दिनुभयो ।
यसैगरी नेताहरू डा. प्रकाशशरण महत काठमाडौँ क्षेत्र नं. ५, एनपी साउद कञ्चनपुर क्षेत्र नं. २, रमेश लेखक कञ्चनपुर क्षेत्र नं. ३, डा. नारायण खड्का उदयपुर क्षेत्र नं. १, उदयपुरकै क्षेत्र नं. २ मा नारायण कार्की, बाराको क्षेत्र नं. ३ मा फरमुल्लाह मन्सुर, पर्साको क्षेत्र नं. ४ मा रमेश रिजाल, सुर्खेत क्षेत्र नं. १ मा पूर्णबहादुर खड्का र सुनसरी क्षेत्र नं. ४ मा ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार बन्नुहुने भएको छ ।
यसैगरी नेताहरू गगनकुमार थापा काठमाडौँ–४, अर्जुनप्रसाद जोशी पर्वत–१, नवीन्द्रराज जोशी काठमाडौँ–८ बाट उम्मेदवार बन्नुभएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिक्मतकुमार कार्की कोशीको मुख्यमन्त्रीमा नियुक्त

वैशाख २७, विराटनगर। कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

एसईईमा वञ्चित भएकालाई परीक्षा दिने व्यवस्था मिलाइन्छः शिक्षामन्त्री श्रेष्ठ

काठमाडौं, चैत २१ गते। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले माध्यामिक शिक्षा परीक्षा (एसईई)बाट वञ्चित