सशस्त्र प्रहरी जवान गिनिज बुक अफ वर्ल्ड रेकर्डमा (भिडियो)

काठमाडौं, ९ कात्तिक । गिनिज बुक अफ वल्र्ड रेकर्डमा सशस्त्र प्रहरी जवान दिनेश सुनारले नाम लेखाएका छन् । भित्तामा एक मिनेटमा १८ पटक उल्टो फ्लिप गर्न सफल भएको भन्दै गिनिज बुक अफ वल्र्ड रेकर्डले उनको नाम प्रकाशन गरेको हो । अहिलेसम्म १ मिनेटमा १५ पटकसम्मको रेकर्ड उनले तोडेका हुन् । ‘मिहेनत खेर गएन, यो सफलता मसँगै नेपालको, सशस्त्र प्रहरी र मलाई साथ दिने सवैको हो ।’

उनी केही दिनपछि अमेरिका जाँदैछन् । वल्र्ड फ्रिरनिङ पार्कर फेडेरेशनले तालिमका लागि उनलाई बोलाएको छ । पूर्वी पहाडी जिल्ला खोटाङको राजापानीका विर्खबहादुर सुनार र रीता सुनार छोरा दिनेश सुनारले गाउँमा उफ्रिएर, उल्टिएर जीवनको यो यात्रा सुरू गरेका थिए । सशस्त्र प्रहरीका तत्कालिन प्रमूख सनत बस्नेतले उठाएर हलचोकमा ल्याएका थिए ।

सशस्त्र प्रहरी संगठनभित्र उनलाई एउटा अब्बल ‘पार्कर’ भनिन्छ । जिम्न्यास्टिकजस्तै विभिन्न विधामा उल्टिने, उफ्रिनेलगायतका कलालाई पार्कर भनिन्छ ।

नेपालमा ‘पार्कर’ खोज्दा निक्कै कम भेटिन्छन् । कम मध्येका पनि दिनेश यति तिक्ष्ण छन् की उनको तुलना सम्भवतः नेपालमा कसैसँग हुँदैन । रबर जस्तो छ उनको ज्यान । जता खुम्चाएपनि खुम्चिने प्रकारको । पार्कर थालेको ८ वर्षमा विश्व रेकर्ड राख्न उनी सफल भएका हुन् ।

‘यो निक्कै खुशीको अवसर बनेको छ मेरो लागि । वल्र्ड च्याम्पियनसीपमा सहभागीताका लागि तयार पार्ने पनि प्रस्ताव गरिएको छ’, दिनेश भन्छन्,‘गिनिज बुकमा नाम आएपछि मलाई डबल खुसी मिलेको छ ।’ उनलाई १० सेप्टेम्बरमा अमेरिकाको निम्तो आयो । निम्तो आउनासाथ उनको ५ वर्षका लागि अमेरिकाको भिषा पनि लागि सकेको छ । तीन महिनासम्म खान बस्न र तालिम निशुल्क दिने फेडेरशनको प्रस्ताव छ ।

हवल्दार सुन्तली, हँसिया, किस्मत २ जस्ता फिल्ममा उनले स्टन्ट म्यानको भुमिका निर्वाह गरिसकेका छन् । उनको यहि कलाका कारणले फिल्मनगरीमा पनि उनको माग बढ्दो छ । २ वर्षसम्म अनवरत अभ्यास गरेपछि पार्कर गर्न सफल भएका दिनेशका भिडियो युट्युवमा पनि चर्चामा छन् ।

‘मस्ट ट्विस्टिङ व्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा उनले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा