
एजेन्सी । वैज्ञानिकका अनुसार जीवनभरिमा हामीले दिमागको १० प्रतिशत मात्र उपयोग गरेका हुन्छौं। १०० प्रतिशत उपयोग गर्न सकियो भने हाम्रो जीवन कस्तो हुन्थ्यो भन्ने हामी कल्पना समेत गर्न सक्दैनौं ।
वैज्ञानिकहरुले थुप्रै वर्ष लगाएर मानव मस्तिष्क सम्बन्धी अध्ययन र अनुसन्धान गरिसकेका छन् । यसको बारेमा जति सोच्यो त्यति अनौठो लाग्नेछ किनकी विश्वमा अहिले जति पनि कुरा सम्भव भएका छन् ती सबै कुरा पहिले दिमागले नै सोचेको थियो । सबै योजना पहिले दिमागमा बनिसकेपछि मात्र मानिसले काम गर्ने वातावरण जुटाउन सक्छन् । त्यसकारण दिमाग एउटा रहस्यमय अङ्ग हो । हाम्राे दिमागसम्बन्धी केही रोचक तथ्य यस्ता छन् :
१. मस्तिष्कमा नसा हुँदैन
हाम्रो पूरै शरीर मस्तिष्कका हिसाबले चल्ने भएपनि हाम्रो मस्तिष्क मात्र शरीरको यस्तो अङ्ग हो जसमा कुनै नसा छैन । त्यसकारण मस्तिष्कलाई कहिल्यै दुख्दैन । दिमागको शल्यक्रिया गर्दा शरीरमा कुनै दुखाई महसुस नहुनुको कारण यही हो ।
२. यसकारण मस्तिष्कले कम्प्युटर जसरी काम गर्न सक्दैन
दिमागलाई सबैभन्दा शक्तिशाली कुरा मानिएपनि यो कहिल्यै पनि कम्प्युटर भन्दा तेज हुन सक्दैन । एउटा समयमा एउटै काममा मात्र ध्यान लगाउन सक्ने भएकाले दिमाग कम्प्युटर जसरी सबै काम एकै पटकमा गर्न सक्दैन ।
३. हाम्रो शरीरको सबैभन्दा बढी ऊर्जा खर्च गर्ने अङ्ग मस्तिष्क हो
शरीरमा जाने रगत र अक्सिजनको २० प्रतिशत भाग दिमागले मात्रै प्रयोग गरिरहेको हुन्छ । त्यसैकारण मस्तिष्कलाई स्वस्थ राख्नका लागि नियमित व्यायाम गर्नुपर्छ । यसो गर्दा तेजसँग रगत सञ्चालित हुन्छ अनि दिमागले पर्याप्त अक्सिजन पाउन सक्छ ।
४. हाम्रो मस्तिष्कले एक दिनमै ७० हजार अलग विचार सोच्न सक्छ
यो सुन्दा अनौठो लागेपनि समान्य रुपमा दिमागले दैनिक ७० हजार अलग विचार सोच्न सक्छ तर त्यसमध्ये सबै सम्झन सक्दैन । केबल हाँस्नका लागि मात्र पनि दिमागका पाँच अलग अलग भाग एकैसाथ सक्रिय हुनु जरुरी हुन्छ ।
५. दायाँ र वायाँ दिमागबारे यस्तो भ्रम छ
धेरै मानिसहरु दायाँ र वायाँ दिमाग छुट्टाछुट्टै हुन्छन् भन्ने सोच्छन् । तर यसको वास्तविकता के हो भने मानिसले आफ्नो प्रवृत्ति अनुसार दायाँ र वायाँ दिमाग प्रयोग गर्छन् । खासमा कुनै पनि कुरा सोच्नका लागि दुवै तर्फको दिमाग उपयोग गरेपछि मात्र सोच्न सम्भव हुन्छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना