नेपालकी रञ्जनाले विश्व पारा तेक्वान्दोमा जितिन् काश्य पदक

३ कात्तिक, काठमाडौं : विश्व पारातेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी रञ्जना धामीले काश्य पदक जितेकी छन् ।

 

ranjita-dhami

बेलायतको लण्डनस्थित ओलम्पिक र्पाकमा बिहीबार राति सम्पन्न खेलमा महिला ४४ देखि ४९ केजीमूनि तौल समूहमा नेपाली चेली रञ्जनाले पेरुकी खेलाडीलाई २२-२० अंकमा हराउँदै सेमिफाइनलमा पुगेकी थिइन् ।

सेमिफाइनलमा मंगोलियाका खेलाडीसँग पराजित भएपनि उनले नेपालका लागि काश्य पदक दिलाएको लण्डनमै रहेका उनका प्रशिक्षक कल्याण कुँवरले बताए । रञ्जनालाई सेमिफाइनलमा पराजित गरेकी खेलाडीले फाइनलमा सर्वियाली खेलाडीलाई हराएर स्वर्ण जितेकी छन् ।

प्रतियोगितामा २ पुरुष र २ महिला गरी चार खेलाडी सहभागी थिए । जस अन्तर्गत के-४२ बिधामा पुरुष खेलाडीहरु रामबहादुर अधिकारीले ६१ केजीमूनि र रोहित हाङ राई ७५ केजीमूपनि तौल समूहमा प्रतिस्पर्धा गरेका थिए । उनीहरुले पहिलो चरण पार गरेनन् ।

त्यस्तै के-४४ अन्तर्गत महिलातर्फ पलेसा गोवर्द्धनले ५८ केजीमूनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी क्वार्टरफाइनलमा रुसकी खेलाडीसँग पराजित हुँदै बाहिरिन् ।

अपेक्षा गरेअनुसारको नतिजा नआए पनि नेपाली खेलाडीको प्रदर्शन उच्च कोटीको रहेको र भविश्यका लागि अनुभव बटुल्ने अवसर भएको प्रशिक्षक कुँवरले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।

कीर्तिपुरमा एक वर्षमै फ्लडलाइट बन्ने

जेष्ठ ६, काठमाडौँ — सबै अनुकूल भएमा अबको एक वर्षभित्र कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा राति