वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसीए) को यू १८ क्रिकेट टोली बंगलादेश प्रस्थान गरेकाे छ । बंगलादेश इन्स्टिच्युट अफ स्पोर्ट्सले आयोजना गर्ने बिकेसपी कप क्रिकेट प्रतियोगिता खेल्न जिएचसीएको क्रिकेट टिम त्यसतर्फ प्रस्थान गरेको हो ।

बुधबार सुरु प्रतियोगिताको लागि १६ सदसीय जिएचसीए टोलि बंगलादेश जानेछ । जिएचसीएको टोलीलाई बुधबार मदन भण्डारी स्पोर्ट्स एकेडमीका अध्यक्ष तथा सभासद विनोद श्रेष्ठले विदाई गरे । प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । सबै टोलीले लिगमा दुई दुई खेल खेल्ने छन् ।
बंगलादेश जाने जिएचसीएको टोलीमा अनुभव कार्की, सौगात दंगाल, मनिस कुमार सिंह, परिक्षित ढकाल, सोहम अर्याल, हिमान्सु दत्त, अबिषेक बस्नेत, अर्पण कुवर, अभय तिम्सिना,सार्थक कान्त सेढाई, आभूषण राज शाही, विज्ञान गौतम र दिपेश पौडेल रहेका छन् ।
टोलीको प्रशिक्षकमा सुदिप शर्मा, म्यानेजरमा सुमन राज कार्की र सहायक म्यानेजरमा नरेश केसी रहेका छन् ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा