यसरी थाहा नै नभई हुन्छ आँखा क्यान्सर

एजेन्सी, १६ असोज । आँखामा क्यान्सर हुन्छ भन्ने सामान्य जनचेतनासम्म नहुँदा यस्ता समस्या भएका बालबालिका बढिरहेका छन् । बालबालिकामा मात्र नभएर अन्य उमेर समूहका मानिसमा पनि आँखाको क्यान्सर हुन्छ ।

आँखामा हुने क्यान्सरबारे आँखारोग विशेषज्ञ वेन लिम्बूसँग नयाँ पत्रिकाकर्मी सरला कट्टेलले सोधेका केही प्रश्नको जवाफ जस्ताको त्यस्तै :

 

प्रमुख लक्षण

नेपाली समाजमा आँखा टेढो हुनु ।

आँखाको कालो भागको बीच भाग सेतो देखिनु, बत्ती बाल्दा आँखामा सेतो टल्कनु ।

रंगीन फोटोमा आँखाको नानी सेतो देखिनु, दुवै आँखाको नानी उस्तै नदेखिनु ।

आँखा टेढो हुनु, रातो हुनु, दुख्नु, दृष्टि कम हुनु ।

आँखामा क्यान्सर भए कहिलेकाहीँ आँखाको डल्लो बाहिर निस्कन्छ ।

 

क्यान्सर भए के गर्ने ?

समयमै उपचार गर्नुपर्छ । यदि उपचार गर्न नसकिए बिरामीको दृष्टि गुम्नुका साथै शरीरका विभिन्न भागमा रोग फैलिएर बिरामीको मुत्यु हुन्छ ।

आँखाको क्यान्सर रोग प्रारम्भिक अवस्थामै पत्ता लागे आँखा र दृष्टि बचाउन सकिन्छ । प्रारम्भिक अवस्थामा आँखाको क्यान्सर पत्ता लागे आँखालाई बचाउन सकिन्छ ।

आँखाको क्यान्सर जेनेटिक पनि हुन सक्छ । बच्चाको शरीरमा हुने जिन बिग्रेर खराबी आएमा क्यान्सर देखापर्न सक्छ ।

आँखाको क्यान्सर बिग्रियो भने शरीरबाट सर्दै टाउको, हड्डी, कलेजो, मुटु, पेट आदि अंगमा पनि पुग्न सक्छ ।

पहिलो स्टेजमै आँखाको क्यान्सर थाहा भएको खण्डमा किमोथेरापी, रेडियोथेरापी, अप्रेसन गरेर उपचार गर्न सकिन्छ ।

बालबालिकाको आँखामा हुने क्यान्सर बढ्दो क्रममा रहेका कारण अनौठो लक्षण देखिनेबित्तिकै आँखाको डाक्टरकहाँ लानुपर्छ । समय–समयमा आँखा जँचाउने गर्नुपर्छ । बालबालिकाको आँखामा आउने समस्याको बारेमा बाबु–आमाले ध्यान दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा