रियाद, १६ असोज । साउदी अरेबियाको एक विश्वविद्यालयले महिला सवारी चालकका लागि सवारी चालनसम्बन्धी स्कुल ‘ड्राइभिङ स्कुल’ खोल्ने जनाएको छ ।
साउदी अरेबियाको सरकारले महिलालाई सवारी चालन अनुमति पत्र दिँदैनथ्यो । तर हालसालै सो सम्बन्धी अनुमति दिइएको छ ।
सरकारले दिएको सो अनुमतिपछि यहाँको प्रिन्सेस नउराह विश्वविद्यालयले उक्त स्कुल खोल्न लागेको जानकारी आइतबार दिएको समाचारमा जनाइएको छ ।
उक्त विश्वविद्यालय महिलालाई अध्यापन गराउने विश्वविद्यालय हो । महिलालाई सवारी चालनसम्बन्धी अध्ययन र अभ्यास गराउन सो स्कुल खोल्ने जानकरी गराइएको हो ।
गत मङ्गलबार मात्र साउदी अरेबियाका राजाले महिलाले पनि सवारी चलाउन पाउने अनुमति दिइएको घोषणा गरेका थिए । उक्त घोषणाको कार्यान्वयन आगामी जुन महिनादेखि मात्र हुनेछ ।
साउदी अरेबियामात्र संसारको यस्तो देश थियो जहाँ महिलालाई सवारी चलाउने अनुमति थिएन । तर यो पछिल्लो निर्णयको महिलाले स्वागत गरेका छन् ।
विश्वका कार उत्पादक कम्पनीहरुले पनि सरकारको यो निर्णयको स्वागत गर्दै साउदी अरेबियाको सडकमा दशौँलाख महिलाले सवारी चलाउन पाउने अवसरका लागि साउदी महिलालाई बधाई पनि ज्ञापन गरेका छन् ।
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता