अनन्त: एमालेसँग तालमेल मात्र होइन, पार्टी एकता पनि गर्न सकिन्छ

रोल्पा, १५ असोज । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले नेकपा एमालेसँग पार्टी एकता गर्न सकिने धारणा राखेका छन् ।

दशैंको लागि रोल्पा पुगेका नेता अनन्तले प्रेस सेन्टर रोल्पाले आइतबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाटमा भने, ‘एमालेसँग चुनावी तालमेलभन्दा पार्टी एकताको सम्भावना बढी रहेको छ ।’ उनले एमालेसँग चुनावी तालमेलभन्दा पार्टी एकताको सम्भावना बढी रहेको धारणा राखेका हुन् ।

आइतबार बिहान बालकोटमा बसेको एमालेको स्थायी समितिको बैठकले माओवादीसँग चुनावी तालमेल निर्णय गरेसँगै माओवादी केन्द्रका प्रभावशाली नेता अनन्तले रोल्पामा बोलेको कुरालाई अर्थपूर्णरुपमा हेरिएको छ । ‘एमाले र हाम्रो पार्टीको राजनीतिक लाइन अहिले नजिक छ, दुवै पार्टीले सामाजवादी क्रान्ति पूरा गर्ने कार्यदिशामा अगाडि बढ्ने निर्णय गरेका छौँ’, पुनले भने, ‘हाम्रो र एमालेको राजनीतिक बाटो समान भएकाले पार्टी एकता हुनसक्छ।’

उनले समाजवादी क्रान्तिको मोडालिटिबारे भने माओवादी केन्द्र र एमालेबीच छलफल हुनुपर्ने धारणा राखे । यद्यपि उनले निर्वाचन अगाडि नै दुई पार्टीको एकता सम्भव नभएको बताए । ‘दुवै पार्टीले पुँजीवादी क्रान्ति पूरा भएको र अब समाजवादी क्रान्ति पूरा गर्न अगाडि बढ्ने बताएका छन्,’ अनन्त अगाडि भने, ‘पार्टी एकता हुनसक्ने सम्भावना छ र चुनावपछि बहस गर्न सकिन्छ ।’

नेता अनन्तले आगामी चुनावमा एमालेसँग तालमेलका लागि २, ५ र ६ नं. प्रदेशको मुख्य मन्त्रीमा माओवादीको दावी रहेको उनले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा