मासु खानुअघि ध्यान दिनुहोस् यी कुरा

दसैंमा सचेत भएर मासु उपभोग गर्न विज्ञले सुझाव दिएका छन् । विज्ञका अनुसार यो समयमा मासुको गुणस्तर नहेरी जथाभावी सेवन गरिए धेरै प्रकारका रोगबाट पीडित हुने खतरा बढ्छ। विज्ञहरूले दसैंमा सकेसम्म ‘थोरै खाऔं तर गुणस्तरीय शुद्ध मासु नै सेवन गरौं’ भन्ने सुझाव दिएका छन् ।Ostrich-Meat-maasu_TAJ5mQcTha 

दसैंमा सबैभन्दा बढी खसीबोकाको मासु उपभोग हुन्छ । सामान्य समयभन्दा यो समयमा झन्डै आठ दोब्बर हाराहारीमा मासु खपत हुन्छ ।

सकेसम्म छाला भएको मासु प्रयोग गर्नु हुँदैन ।’बंगुरको हकमा भने बोसो भएको मासु स्वास्थ्यका लागि राम्रो मानिन्छ । खरिद गरेको वा घरमै काटिएको मासु धेरै दिनसम्म राख्नलाई मासुलाई पहिलेदेखि नै टुक्रा–टुक्रा बनाएर फ्रिज (रेफ्रिजरेटर) मा माइनस १८ देखि ३० डिग्री सेल्सियससम्मको तापक्रममा राख्दा मासुको गुणस्तर कायमै राख्न सकिन्छ । ‘तर काँचो मासु फ्रिजमा राख्नुपर्छ । फ्रिजबाट झिकेर फेरि आवश्कताअनुसार काटेर पकाउने,’ राईले भने, ‘बचेको मासु फेरि फ्रिजमा राख्ने र फेरि निकालेर काटेर पकाउने प्रक्रियाले मासु गुणस्तरहीन बन्ने सम्भावना हुन्छ । यस्तो मासु खान अयोग्य मानिन्छ ।’

-हरियो–कालो फिक्का देखिने दुर्गन्ध आउने मासु खरिद नगर्न सुझाव
-छाला र भएको मासु प्रयोग गर्नु नहुने
-फ्रिजमा माइनस १८–३० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्ने
-पकाएको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने प्रक्रिया घातक
-पोलेर, भुटेर, तारेर वा डढाएर खाँदा रोग निम्त्यने खतरा
-मासुसँगै हरियो तरकारी, सागसब्जी र गेडागुडी खाँदा राम्रो
-गुणस्तरयुक्त खानेतेल र मसला प्रयोग गर्नुपर्ने

यस्तै, पकाइसकेको मासु फ्रिजमा राख्ने र खाने बेलामा तताउने फेरि फ्रिजमा राख्ने र फेरि खाने बेलामा तताउने प्रक्रिया पनि मानव स्वास्थ्यका लागि निकै घातक हुने उनको ठहर छ । यस्तो मासु सेवन गर्दा फुड प्वाइजन हुने खतरा हुन्छ । मासुमा अम्लियपनाको मात्रा ५.७ पिएचभन्दा कम र ६.३ पिएच भन्दा बढी हुनुहुँदैन । यस्तो भयो भने मासु कालो र पिक्काजस्तो देखिन्छ । यस्तो मासु सेवन गर्नुहुँदैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा