खानेकुरा एकसाथ सेवन गर्नु कति घातक ?

junck-food-768x450

दशैंलाई हामी मीठो मसिनो खाने पर्वको रुपमा बुझ्ने गर्छौं । हुन त अहिले मीठो मसिनो खान दशैं नै कुर्नुपर्ने बाध्यता छैन । यद्यपी इष्टमित्र, आफन्त, परिवारजन एकसाथ भेला भएर विभिन्न परिकार बनाएर खाने पर्वको रुपमा दशैंको विशिष्ठ महत्व छ ।

त्यही कारण दशैंको खानपान विशेष हुने गर्छ । यतिबेला नेपाली समाजले मासुजन्य पदार्थ बढी नै खपत गर्छ । त्यस्तै मदिराको खपत पनि आकासिन्छ ।

यद्यपी दशैंको खान्कीमा रमाउनेहरुले सर्तक भने हुनैपर्छ । अनियन्त्रित भोजन गर्दा पाचन यन्त्रमा समस्या हुनसक्छ । एकै स्थानमा बसेर घन्टौसम्म मीठो मसिनो खानु आफैमा हानिकारक हो । यसले मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरलाई जन्म दिन सक्छ । त्यसैले खानपानमा बिशेष सावधानी अपनाउनै पर्छ ।

सलादको सेवन
दशैंमा आफन्तकहाँ पाहुना जाने, खाने प्रचलन छ । यसरी हरेककहाँ गएर खाँदा अपच हुनसक्छ । शरीरलाई आवश्यकभन्दा बढी भोजन ग्रहण गर्न सकिन्छ ।

मदिराअघि पानी
यसबाट जोगिनका लागि खानामा सलादको मात्रा बढाउनुपर्छ । सलाद सेवन गरेपछि अन्य खानेकुरा धेरै खान सकिदैन । साथै मदिरा सेवन गर्नुअघि पर्याप्त पानी वा जुस सेवन गर्नुपर्छ । यसले मदिराको असर कम हुन्छ ।

शारीरिक सक्रियता
अक्सर दशैंमा मीठो मसिनो खएपनि त्यस अनुरुप व्यायाम गरिदैन । अन्य काम पनि गरिदैन । बरु घन्टौ बसेर तास खेल्ने गरिन्छ । अन्य दिनमा व्यायाम गर्ने, मर्निङवाक जाने गरेपनि दशैंमा यस्ता गतिविधिहरु छुट्छन् । जसले गर्दा खाएको कुरा पचाउन सकिदैन । त्यसले अपच हुने त छादैछ, शरीरमा अतिरिक्त बोसो जम्ने खतरा पनि रहन्छ । त्यसैले दशैंको विदामा पनि शारीरिक गतिविधिमा जोड दिनुपर्छ । व्यायामलाई निरन्तरता दिनुपर्छ ।

विजातिय परिकार
हामी एकसाथ धेरै परिकार बनाएर सेवन गछौ, बिशेषत दशैंमा । माछामासु, दुधदही, मिठाई, फलफूल सेवन गर्छौ । यी सबै परिकारमा आ-आफ्नै पौष्टिक तत्व हुन्छ, जो शरीरका लागि आवश्यक पनि हुन्छ । यद्यपी सबै खानेकुरा एकसाथ मिसाएर सेवन गर्दा त्यसको रसायनिक प्रतिक्रिया हुन्छ । फलत हामीलाई फुड पोइजन हुनसक्छ । कति खानेकुराहरु आपसमा मिल्दैन । त्यस्ता खानेकुरा एकसाथ सेवन गर्नु पाचन प्रणालीको लागि एकदमै घातक हुन्छ ।

दही र फल
हामी दही र फल एकसाथ सेवन गछौं । अझ दही र फल एकसाथ मिसाएर डिजर्टसमेत बनाउने गरिन्छ । दही र फल एकसाथ सेवन गर्दा त्यसबाट एसिड पैदा हुन्छ । यसले पाचन क्रियालाई असर गर्छ ।

कागति र दुध
कागति र दुध आफैमा फाइदाजनक मानिन्छ । यद्यपी दुध र कागति एकसाथ मिसाएर सेवन गर्नु स्वास्थ्यका लागि राम्रो मानिदैन । यसले पेटमा समस्या पैदा गर्छ ।

पनिर र कार्बोहाइड्रेट
पनिर, मासु, अन्डा, नट्स जस्ता प्रोटिनयुक्त खानेकुरासाग ब्रेड, आलु, दाल जस्ता कार्बोहाइड्रेट सेवन गर्नु हुादैन । यसले गर्दा भोजन पचाउन गाह्रो हुन्छ । प्रोटिन र कार्बोहाइड्रेट एकसाथ सेवन गर्दा कब्जियत पनि हुनसक्छ ।

दुध र दही
दही र दुध एकसाथ सेवन गर्दा एसिडिटी, ग्याष्ट्रिक, अपच र वान्ता जस्ता समस्या हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा