गौतम : अबको चुनावमा एमालेलाई कसैले रोक्न सक्दैन

१० असोज, दाङ । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले अबको चुनावमा एमालेलाई कसैले रोक्न नसक्ने बताएका छन ।Bamdev-Gautam111

नेकपा (एमाले) दाङले सोमबार घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्रका सामु आएका कठिन चुनौतीमा एमाले उत्तीर्ण भएको भन्दै लोकतन्त्रको रक्षा एमालेले मात्र गर्न सक्ने दाबी गरे ।

काँग्रेसले बोकेको लोकतन्त्र नक्कली भएको उनको आरोप थियो । उनले जनताले अग्रगमन र राष्ट्रको समृद्धि खोजेकाले त्यो पूरा गर्ने जिम्मेवारी आफ्नो पार्टीमा भएको बताए । उनले अन्य पार्टीसँग कुनै भिजन नभएको भन्दै मुलुक चलाउने पार्टी एमाले मात्र भएको दाबी गरे ।

उनले पाँच वर्षभित्र सबैको घर हुने, बेरोजगारले रोजगार पाउने वातावरण निर्माण गरेर एमाले अघि बढेको बताए । उनले भने, “पाँच वर्षभित्र आधारभूत सेवाबाट नागरिक विमुख हुने छैन”, कसैलाई विभेद र अन्याय गरिँदैन ।”

यसैबीच, एमालेमा केन्द्रीय नेताहरु पनि प्रवेश गरेका छन् । राप्रपाकी केन्द्रीय सदस्य तथा गायिका कोमल ओली, नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य निर्मला विक, नेपाली काँग्रेसका नेता डिल्लीबहादुर खड्का, बलिभद्र राना, जनमुक्ति पार्टीका कमला देउजा, राप्रपाका नेता यामिन्द्र वलीलगायतका सयौँ नेता तथा कार्यकर्ता काँग्रेस, माओवादी केन्द्र, राप्रपा तथा जनशक्ति पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।

सबैलाई पार्टी उपाध्यक्ष गौतम, पार्टीका स्थायी कमिटी सदस्य शंकर पोख्रेललगायत पार्टीका नेताले टीका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा