उत्तर कोरियाले दियो विश्वलाई नै कडा चेतावनी

३ असोज, एजेन्सी ।

उत्तर कोरियाले विश्व समुदायको प्रतिबन्ध र ब्यापक दबाबका सामू कुनै हालतमा नझुक्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले लगाएको नयाँ प्रतिबन्धबारे औपचारिक प्रतिक्रिया दिँदै उसले प्रतिबन्धले आफूलाई कुनै फरक नपार्ने स्पष्ट पारेको हो ।उत्तर कोरियाले दियो विश्व समुदायलाई नै कडा चेतावनी

उत्तर कोरियाली विदेश मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै प्रतिबन्ध र दबाबले आफ्नो परमाणु कार्यक्रमलाई थप गति प्रदान गर्ने बताएको उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएले जनाएको छ ।

उत्तर कोरियासँगको तनाव बढिरहेका बेला यसअघि हिजो अमेरिकाले कोरियाली बम वर्षक विमान पठाएको थियो ।

उसले चारवटा स्टील्थ फाईटर जेट् विमान र २ वटा बम्बर्स उडाएको दक्षिण कोरियाली समाचार संस्था योन्ह्यापले जनाएको छ । हिजो चारवटा एफ थ्रिफाईभ बी नामका जेटविमान र टु बी वान बी नामक अमेरिकी रणनीतिक बम्बर्सक विमान कोरियाली प्रायद्वीपमाथि उडेका योन्ह्यापले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत