अमेरिकाको जुनसुकै शहरमा हाइड्रोजन बम खसाल्न तयारी अवस्थामा उत्तर कोरिया

एजेन्सी, ३१ भदौ- जापानविरुद्ध लामो दूरीको मिसाइल परीक्षण गरेर चर्चामा रहेका उत्तर कोरियाले पुनः अमेरिकाको विरुद्ध आक्रोश पोखेको छ । उत्तर कोरियाका सांस्कृतिक सम्बन्धसम्बन्धी विशेष प्रतिनिधि एलेग्जेंड्रो काओ डि बेनोका अनुसार कुनै पनि हमलाको जवाफमा उत्तर कोरियाले अमेरिकामा हाइड्रोजन बम गिराउन तयार छ । यति मात्र होइन, उनले उत्तर कोरियाले आजको दिनमा अमेरिकाको जुनसुकै शहरलाई निशाना बनाउन सक्ने चेतावनी दिएका छन् ।

Kin-north-korea

लेग्जेंड्रो काओ डि बेनो किमका सबैभन्दा नजिकका मानिन्छन् । परमाणु परीक्षण पछि दुई हप्ताभन्दा कम समयमा उत्तर कोरियाले जापानतर्फ एक अर्को मिसाइल प्रहार गरेको छ । यो घटनासँगै यो क्षेत्रमा विद्यमान तनाव झनै बढेको छ ।

एलेग्जेंड्रो काओ डि बेनोले बीबीसीसँग कुरा गर्दै भने, ‘अमेरिकाका सबै वैज्ञानिकलाई हामीले मिसाइल प्रहार गरेको र त्यो कम उचाईको बावजुद पनि लामो दूरीसम्म जान सक्छ भन्ने थाहा पाए होलान् । हामी यसलाई चार हजार किलोमिटरसम्मको दूरीमा प्रहार गर्न सक्छौं । यसको मतलब अब हामी अमेरिकाको जुनसुकै शहरमा प्रहार गर्न सक्छौं ।’

उनले अगाडि भने, ‘यसको साथै हामीले अन्य कयौं परमाणु परीक्षण पनि गरेका छौं । यसले हाम्रो परमाणु क्षमता देखाउँछ । संसारलाई अब हाम्रो प्राविधिक र वैज्ञानिक क्षमता थाहा भएको छ ।’

उत्तर कोरियाको सेनाले भनेको छ, ‘मिसाइलले ७७० किलोमिटरको उचाई लियो र होकाइडोको समुद्र नजिकै करिब ३ हजार ७०० को दूरी पार गरेको छ ।’ काउ डि बेनो भन्छन्, ‘डोनाल्ड ट्रम्पलाई थाहा छ कि खेल सकिइसकेको छ । तर संसारको अगाडि टिभीमा आफू बलियो भएको ढोंग देखाउने कि अमेरिकालाई फेरि पनि महान बनाउने प्रयास गर्ने हो, अर्कोतर्फ कुनै पनि गम्भीर स्थितिबाट बच्नको लागि र सुरुवाती सहमति बनाउनको लागि हाम्रो कुराकानी जारी छ ।’

उत्तर कोरियाको परमाणु गतिविधिलाई लिएर अमेरिकाले लगातार चेतावनी दिइरहेको छ । यद्यपि उत्तर कोरियामाथि यसको कुनै असर देखिएको छैन । यसबीच, संयुक्त राष्ट्र संघमा अमेरिकी राजदूत निकी हेलीले उत्तर कोरियाविरुद्ध कडा आर्थिक नाकाबन्दी नलगाएर वासिंगटनसँग सैन्य कारबाही बाहेकको विकल्प नरहने चेतावनी दिएका छन् ।

सुरक्षा परिषदको यसै साता बसेको आपतकालीन बैठकले उत्तर कोरियालाई यस्ता कारबाही तत्काल रोक्न आग्रह गरेको छ । रुसले हतियारबाट भन्दा कुटनीतिक वार्ताबाट समाधान निकाल्नुको विकल्प कसैसँग नरहेको बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

एमालेको नेतृत्व बहस र भू-राजनीतिक आयाम: व्यक्ति विस्थापन कि रणनीतिक स्थायित्व?

रमेश पन्त   नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सुरु

 साउन २५, काठमाडौं  ।  काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत