थ्री स्टारलाई एन्फाले १ करोड ५० लाख क्षतिपुर्ति दिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले रुस्लान थ्री स्टार क्लबलाई १ करोड ५० लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ ।एन्फाको कारण थ्री स्टारले गतवर्ष एएफसी कपको दोस्रो चरण खेल्न नपाएपछि क्लबलाई बिहीबार बसेको एन्फाको कार्यसमिति बैठकले १ करोड ५० लाख क्षतिपूर्ति दिने निर्णय गरेको हो ।  असोज २३ गते बस्ने साधारणसभाले निर्णय अनुमोदन गरेपछि मात्रै क्लबले क्षतिपूर्ति पाउनेछ ।

पहिलो चरण पार गरे पनि एन्फाको गल्तिका कारण थ्री स्टारले दोस्रो चरण खेल्न पाएको थिएन । थ्री स्टारले दोस्रो चरणको खेल खेल्न नपाएपछि क्लबले दोषीमाथि कारवाही र ६ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको थियो । यस्तै थ्री स्टारले आफ्नो माग पुरा नभएसम्म भन्दै एन्फाले आयोजना गर्ने प्रतियोगिताहरु बहिस्कार गर्दै आएको छ  ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा