काठमाडौं, २७ भदौ । राष्ट्रिय गौरवको एउटा महत्त्वपूर्ण सिँचाइ आयोजनाको सुरुङ खन्नका निम्ति नेपालमा पहिलो पटक “अत्याधुनिक” ‘टनेल बोरिङ मसिन (टिबिएम)’ ल्याइएको भेरी-बबई बहुउद्देश्यीय आयोजनाका अधिकारीहरुले बताएका छन् ।

उक्त आयोजनाको १२ किलोमिटर सुरुङ द्रुत गतिमा खन्नका लागि सुरुङ खन्ने जिम्मा पाएको चिनियाँ कम्पनीकै लगानीमा सो यन्त्र झिकाइएको हो ।
भारी र ठूलो आकारको उक्त यन्त्रलाई नेपाल-भारत सीमा नाकाबाट निर्माणस्थलसम्म ढुवानी गर्न मंगलबार राति साढे ९ बजेदेखि बुधवार बिहान ६ बजेसम्म करिब ३० किमी सडकखण्ड पूर्णरुपमा बन्द गरिने अधिकारीहरुले बताएका छन् ।
ठूला आयोजनाहरुको सुरुङ निर्माणका लागि परम्परागत उपकरणको प्रयोग गर्दा धेरै जनशक्ति र समय लाग्ने भएकोले खर्च समेत बढ्ने हुनाले भेरी-बबई बहुउद्देश्यीय आयोजनाले पहिलो पटक त्यस्तो अत्याधुनिक सुरुङ खन्ने यन्त्र भित्र्याएको हो।
उक्त आयोजनाका अनुसार एकसाथ ४८ मेगावाट विद्युत् उत्पादन तथा बाँके र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ ।
असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता