एभरेष्ट प्रिमियर लिग खेल्ने ६ ‘मार्की’ क्रिकेटर

२३ भदौ काठमाडौं – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको खेल्न ६ ‘मार्की’ क्रिकेटरको नाम सार्वजनिक गरिएको छ ।

EPL-3

प्रतियोगिता आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरेर ६ टिमको मार्की खेलाडी सार्वजनिक गरेको हो ।

जस अनुसार टिम भैरहवा ग्ल्याडिएटरमा शरद भेषावकर, पोखरा राहिनोजमा शक्ति गौचन, ललितपुर पेट्रियसमा ज्ञानेन्द्र मल्ल, काठमाडौं किङ्गस ११ मा सोमपाल कामी, विराटनगर बारियर्समा पारस खड्का र टिम चितवन टाइगरमा दिपेन्द्र सिंह ऐरी ‘मार्की प्लेयर’ छन् ।

हरेक टोलीमा रहेका मुख्य खेलाडी, जो लोकप्रिय, क्षमतावान र व्यवसायिक हुन्छन्, उनलाई ‘मार्की’ प्लेयर भनिन्छन् । इण्डिनेसियाको लिगा वान, अष्ट्रेलियाको ए लिग र भारतको आई लिग फुटबलमा ‘मार्की’ प्लेयर राख्ने प्रचलन छ । मार्की प्लेयरले कम्तिमा २ लाख पारिश्रमिक पाउनेछन् ।

इपीएलले प्रतियोगितामा समावेश हुने ६ टोलीको घोषणा पनि अाजै गरिएको हो । मुलुकका ६ शहरको नामबाट फ्रेन्चाइज टिम बनाइएको छ ।

प्रतियोगितामा बढीमा तीन बिदेशी खेलाडी खेल्न पाउनेछन् ।

शुक्रबार अायोजित टिम घोषणा कार्यक्रममा टिम बिराटनगरका कप्तान तथा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले लामो समयसम्म घरेलु क्रिकेट खेलेर पनि अन्तर्राष्ट्रिय क्रिकेटमा अवसर नपाएका नेपाली खेलाडीहरूका लागि अन्तर्राष्ट्रिय स्तरको यस्ता प्रतियोगिताले ठूलो सघाउ पुग्ने बताए ।

मुख्यगरी युवा खेलाडीहरूका लागि प्रोत्साहन र घरेलु क्रिकेटको क्रेज बढाउन यस्ता प्रतियोगिता महत्वपूर्ण हुने सहभागी टिम मालिकहरूले बताए । कम्पनी मोडलमा दर्ता भएको हरेक टिमसँग र्इपीएलले १० वर्षको सम्झाैता गरेको छ, र कम्तिमा ३ वर्ष नियमित सहभागिता जनाउनुपर्नेछ ।

यसैगरी टिमले पनि अाफ्ना मार्की प्लेयरसँग ३ वर्षको सम्झाैता गरेको छ । उनीहरूले तीनै वर्ष अनिवार्य सहभागिता जनाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको