बाढीपीडितलाई पठाइएको सरकारी राहतमा गोबर र ढुंगामाटो !

१३ भदौ, काठमाडौं । नेपाल खाद्य संस्थानले बाढीपीडितलाई पठाउन लागेको राहतमा चरम लापरवाही भएको देखिएको छ । संस्थानले तराईका बाढीपीडितलाई पठाउन तयारी अवस्थामा राखेको सिमीमा एक किलोसम्मका ढुंगा, गोबर, माटो र बालुवा पाइएको छ ।2आपूर्ति मन्त्री शिवकुमार मण्डलसमेतको संलग्नतामा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले खाद्य संस्थानको काठमाडौंको माइतीघर मण्डलामा रहेको सदर धान गोदाममा अनुगमन गर्दा यस्तो भेटिएको हो ।बाढीपीडितलाई राहतस्वरुप पठाउन लागिएको उक्त सिमी गुणस्तरहीनसमेत भेटिएको छ । त्यही सिमीमध्ये ४० किलो बाढीपीडितलाई पठाइसकिएको छ ।बाढीपीडितलाई थप पठाउन लागिएको खाद्य बस्तुमा अखाद्य पदार्थ रहेको सूचनाको आधारमा मन्त्रालयले अनुगमन गर्दा फापर, उवा र चामलमासमेत प्रशस्तै कैफियत देखिएको छ ।

संस्थानले राहतका लागि मौज्दातमा राखेको ७ सय २० क्विन्टल सिमी परीक्षण गर्दा उक्त सिमी प्याक गरेको बोरामा ढुंगा, माटो, बालुवा, गोबर, चाउचाउका टुक्रा लगायत भेटिएको थियो ।त्यस्तै, संस्थानले मौज्दातमा राखेको फापर पनि सडेको भेटिएको थियो । संस्थानको सदर गोदाममा ७ सय २२ किलो फापर मौज्दातमा छ । ती फापर राहतस्वरुप संस्थानले विभिन्न क्षेत्रमा पठाउने गर्छ ।संस्थानमा दुई वर्षभन्दा पुरानो चामल समेत भण्डारण गरेर राखिएको छ । २०७२ सालको भूकम्पका समयमा बंगलादेश सरकारले दिएको १० हजार क्विन्टल चामल अझै पनि संस्थानको गोदाममा थन्किएको । त्यस्तै, फापर र सिमी पनि संस्थानले दुई वर्षअघि नै खरिद गरेको थियो ।

संस्थानको उक्त सदर गोदाममा झण्डै ४१ हजार क्विन्टल खाद्य बस्तु सञ्चय छ । संस्थानले मौज्दातमा रहेका ती खाद्य बस्तु सुपथ मूल्य पसल, कर्णालीलगायतका जिल्ला र खाद्य संकट परेका बेला आवश्यकीय ठाउँमा पठाउने गर्छ ।संस्थानको अनुगमन गर्दै आपूर्तिमन्त्री मण्डलले खाद्यान्न कारोबार र भण्डारणमा खाद्य संस्थानले चरम लापरवाही गरेको बताए । ‘जनतालाई प्रदान गरिने अत्यावश्यकीय खाद्यान्नमा यस्तो लापरवाही देखिनु दूर्भाग्य हो,’ मन्त्री मण्डलले भने । लापरवाहीमा संलग्नमाथि कडा कारवाही गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

पूर्व महाप्रवन्धक र कार्यालय प्रमुखको लापरवाही

सदर धान गोदामका प्रमुख भेषनाथ न्यौपानेले आफू केही समयअघिमात्र नियुक्त भएको र कैफियत देखिनुमा अघिल्ला कार्यकालका पदाधिकारी जिम्मेवार रहेको बताए ।‘सिमी, फापर र उवाको खरिदको कागजात अझैसम्म पनि मैले फेला पार्न सकेको छैन,’ उनले भने, ‘सम्बन्धित पदाधिकारी र ठेकेदार मिलेर गुणस्तरहीन खाद्य बस्तु खरिद गरेको देखियो ।’ यस सम्बन्धमा विस्तृत छानविन गरिने उनले बताए ।

यसअघि खाद्य संस्थानको प्रधान कार्यालयमा रहेका उनले ३ महिनाअघिमात्र सदर धान गोदाम प्रमुखको नियुक्ती पाएका थिए ।गुणस्तरहीन सिमी र फापर खरिद गर्दा खाद्य संस्थानको महाप्रवन्धकमा शिवहरी श्रेष्ठ थिए । श्रेष्ठले केही समय अघिमात्र अवकाश पाइसकेका छन् ।त्यस्तै, सदर धान गोदामका प्रमुख मोहनप्रकाश चन्दले पनि अवकाश पाइसकेका छन् । उनीहरूमाथि पनि छानविन गरिने आपूर्ति विभागका महानिर्देशक कुमार दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।