August 27, 2017

यू-१९ राष्ट्रिय टोलीमा कप्तानीको जिम्मेबारी दीपेन्द्र सिंह ऐरीलाई

११ भदौ, काठमाडौं – मलेसियामा हुने एसीसी यू-१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह एेरीले पाएका छ्न् ।

u19-cricket-nepal5-250x150

सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू-१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४ अतिरिक्त खेलाडी सम्मिलित नेपाली टोलीको छनौट गरेका छन् । टोलीमा अघिल्लो महिना सम्पन्न एसीसी यू-१९ विश्वकप छनौट खेलेका अघिकांश खेलाडी समावेश छन् ।

टोलीमा कप्तानीको जिम्मेबारी दीपेन्द्र सिंह ऐरीले पाएका छन् । यसअघि सन्दीप लामिछाने कप्तान थिए ।

घोषित टोलीका अन्य सदस्यहरुमा सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहित कुमार पौडेल, किशोर महतो, शाहव आलम, नन्दन यादव, बिक्रमकुमार भुसाल, सन्दिप जोरा र सुमित महर्जन छन् ।

त्यस्तै चार अतिरिक्त खेलाडीमा कमलसिंह ऐरी, ललित राजवंशी, प्रकाश केसी र रिजन ढकाल परेका छन् । प्रकाश केसी गत महिना सम्पन्न आइसीसी यू-१९ विश्वकप छनौटमा पहिलो रोजाइमा थिए ।

नेपाली टोली आगामी भदौ २३ गते मलेसिया प्रस्थान गर्नेछ । प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । यस समूहमा सिंगापुर, थाइल्याण्ड, भुटान छन् । प्रतियोगिताको फाइनलिष्ट टोलीले यू-१९ एसिया कपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।