नेपाल भारतसँग २–१ ले पराजित

७ भदौ, काठमाडौं – १५ बर्षमुनिको साफ च्याम्पियनशीप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।

nepali-players-saff-u-15

उत्कृष्ट प्रदर्शनका बाबजुद नेपाल भारतसँग २–१ गोलले पराजित भएको हो । खेलको पहिलो हाफ १–१ गोलको बराबरी भएकोमा दोस्रो हाफमा भारतले एक गोल थपेको हो । भारतका कप्तान विक्रम प्रताप सिंहले खेलको २७ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए । ४१ औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै नेपालका कप्तान रोशन राना मगरले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा नेपालले गोल फर्काउने केही सुन्दर मौका गुमाएको थियो । खेलको ६४ औं मिनेटमा पाएको फ्रिककलाई रबि रानाले सोझै गोलमा परिणत गरेपछि भारतले जित निश्चित गरेको हो ।

भारत समूह बिजेता बन्न सफल भएका छ । उसले सेफिाइनलमा भुटानसँग प्रतिष्पर्धा गर्नेछ भने उपबिजेता नेपालले फाइनल प्रवेशका लागि बंगलादेशको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

मापदण्डविपरीत शुल्क फिर्ता नगरे निजी विद्यालयमाथि कारबाही हुने

  चैत २५, काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी

खेलकुदलाई अनुशासन, पर्यटन र समृद्धिसँग जोड्नुपर्छ : मन्त्री गुरुङ

बनेपा, साउन २३ गते । इन्टरनेशनल तेक्वान्दो फेडेरेशन (आइटिएफ) नेपालको २७ औँ वार्षिकोत्सवको अवसरमा बुधबार

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।