मेस्सीलाई भित्र्याउन म्यानचेस्टर सिटीद्वारा कीर्तिमान रकम प्रस्ताव

काठमाडौं, ५ भदौ — बेलायती फूटबल क्लब म्यानचेस्टर सिटीले लियोनेल मेस्सीलाई भित्र्याउनका लागि ३० अर्ब रूपैयाँको प्रस्ताव गरेको छ ।

lionel-messiसिटीका अधिकारीहरूले मेस्सीका प्रतिनिधिहरूलाई भेटेर उनलाई क्लबमा ल्याउनका लागि कुराकानी गरेका छन् । यदि यो डील फाइनल भयो भने खेलाडीलाई किन्नका लागि खर्च गरिने सर्वाधिक ठूलो रकम हुनेछ । यसअघि म्यानचेस्टर युनाइटेडले युभेन्टसबाट पल पोग्बालाई किन्नका लागि १२ अर्ब २९ करोड रुपैयाँ खर्च गरेको थियो ।

हुन त मेस्सीलाई किन्ने चर्चा धेरैअघिदेखि नै बजारमा छ तर अहिले चाहिँ गम्भीर कुरा भइरहेको देखिन्छ । म्यानचेस्टर सिटी आफैंले इतिहासकै सबभन्दा ठूलो खेलाडी ट्रान्स्फर गर्ने हालै घोषणा गरेको थियो ।

अरू कुनै खेलाडीका लागि भन्दा पनि मेस्सीकै लागि क्लबले यति धेरै खर्च गर्न खोजेको धेरैले अनुमान गरेका छन् । नेयमार पनि पीएसजी गएको अवस्थामा मेस्सीलाई म्यानचेस्टर सिटीले लग्ला भनेर बार्सिलोनाका फ्यानहरू चिन्तामा परेका छन् ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।