वर्षका ३ स्टार खेलाडीहरु

३२ साउन, एजेन्सी – इएफए वर्ष खेलाडीका लागि जियानलुइजी बुफोन, लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डो अन्तिम छनौटमा परेका छन् ।

97344729_uefa

मनोनयनमा परेका १० खेलाडी मध्येबाट इटाली र युभेन्टसका गोलरक्षक बुफोन, स्पेनिस क्लब बार्साका लागि खेल्ने अर्जेन्टिनी स्टाइकर मेस्सी तथा रियलका पोर्चुगीज स्ट्राइकर रोनाल्डो अन्तिम तीनमा परेका हुन् ।

मनोनयनमा परेका १० खेलाडीबाट ८० जना प्रशिक्षक तथा ५५ जना खेल पत्रकारको मतका आधारमा बुफोन, मेस्सी र रोनाल्डो अन्तिम तीनमा परेका हुन् ।

मेस्सी र रोनाल्डो दुवैले यसअघि दुई पटक अवार्ड जितिसकेका छन् भने रोनाल्डो गएको वर्षका विजेता हुन् । तीन खेलाडी मध्येबाट एकजनालाई आउँदो अगस्ट २४ मा मोनाकोमा हुने विशेष कार्यक्रममा अवार्ड प्रदान गरिने छन् । यसैगरी च्याम्पियन्स लिग समूह चरणको ड्र पनि उक्त कार्यक्रममा सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।