विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाली टोलीको घोषणा

३० साउन, काठमाडौं – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि नेपालले प्रारम्भिक टोली घोषणा गरिएको छ ।

Nepali_cricket_team

पारस खड्काको कप्तानीमा रहेको टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ति गौचन, बसन्त रेग्मी, सुशील कँडेल, नरेश बुढायर, अविनाश कर्ण, ललित सिंह भण्डारी, सन्दिप लामिछाने र बिक्रम सोब रहेका छन् ।

त्यस्तै सागर पुन, मेहबुब आलम, सोमपाल कामी, सौरभ खनाल, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दिलिप नाथ, आरिफ शेख, हासिम अन्सारी, सुशन भारी, दिपेन्द्र सिंह ऐरी, सुनिल धमला, करण केसी, विनोद भण्डारी र प्रारम्भीक टोलीमा परेका छन् ।

बन्द प्रशिक्षणमा रहेकाहरुमध्येबाट अन्तिम टोलीको घोषणा हुनेछ । बन्द प्रशिक्षणको मिति र स्थान भने तय भएको छैन । खेल आगामी असोज २७ र २९ हङकङमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ

 जेठ २, काठमाडौँ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाउनुभएको छ । उच्च अदालत पाटनले बुधबार

सन्दीप लामिछाने निलम्बन

काठमाडौँ,  पुस २६ गते । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी एवं

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

आज कक्षा १२ को रिजल्ट हुँदै

श्रावण ३०,काठमाडौँ — कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार

एसीसी यू-१६ इस्ट जोन कप क्रिकेट : नेपाल च्याम्पियन

काठमाडौं, असार १९ गते । एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ ।