बीबीसी,अमेरिकाले आफ्नो विवादित परमाणु विरोधी प्रणालीको सफलतापूर्वक परिक्षण गरेको छ । अमेरिकाको अनुसार कोरिया प्रायद्वीपमा बम खसाल्ने लडाकू विमान बी–१ ले पनि उडान भरेको छ ।अमेरिकाको यो सैन्य अभ्यासलाई उत्तर कोरियाको मिसाइल परिक्षणको सिधा जवाफको रुपमा हेरिएको छ ।अमेरिकी वायुसेनाको तर्फबाट फायर गरिएको परमाणु अलास्कामा टर्मिनल हाइ एटीट्यूड एरिया डिफेन्स (थाड) को यूनिटले रोक्ने काम गर्यो ।दक्षिण कोरिया र जापानी विमानसँग मिलेर अमेरिकाले बम खसाल्ने लडाकू विमान बी–१ सँग अभ्यास गर्यो ।
उत्तर कोरियाले शुक्रबार अन्तरमहाद्वीप ब्यालेस्ठिक मिसाइलको परिक्षण गरेको थियो जसबारे यो दाबी गरिएको थियो कि यसले पूरा अमेरिकालाई ध्वस्त पार्न सक्छ ।उत्तर कोरियाले उक्त परिक्षणको ठिक तीन हप्ता पहिले पनि एक परमाणुको पहिलो पटक परिक्षण गरेको थियो ।चीनले विरोध गरेतापनि अमेरिकी सेनाले दक्षिण कोरियामा मिसाइल डिफेन्स सिस्टम थाड तैनाथ गरेको थियो । यसको उद्देश्य उत्तर कोरियाको तर्फबाट फायर गरिएको परमाणुलाई निस्तेज पार्नु हो ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार उत्तर कोरियाको मिसाइल परिक्षणबारे चुप लागेर बसेको भन्दै चीनको आलोचना गरेको थियो ।
ट्रम्पले आफ्नो ट्वीटमा भनेका थिए, ‘म चीनसँग रिसाएको छु । अतितमा हाम्रा मुर्ख नेताका कारण चीनले हामीसँगको व्यापारमार्फत अर्बौं रकम कमाए । यति हुँदा हुँदै पनि मानिसहरु उत्तर कोरियाको हतियारको कार्यक्रममा चुप छन् । म अब यस्तो पक्कै पनि हुन दिनेछैन ।’पूर्व कूटनीतिज्ञ र चीनियाँ सरकारका सल्लाहकार भिक्टर गाओले भने, ‘ट्रम्पको बयान बेकारको छ । अमेरिकाको व्यवहार एक रिसाएको बच्चाजस्तै छ ।’चीन र उत्तर कोरियाको सीमा मिल्छ । दुबै देशबिच आर्थिक सम्बन्ध पनि छ । पूर्वमा चीनले उत्तर कोरियाको परमाणु परिक्षणको निन्दा गर्दै संयमता अपनाउन आग्रह गरेको थियो ।यस्तोमा अमेरिकाको तर्फबाट गरिएको सैन्य अभ्यास उत्तर कोरियाको मिसाइल परिक्षणको सिधा जवाफ दिनको लागि गरिएको बुझिएको छ ।
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
काठमाडौँ, साउन २७ गते। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालबाट फैलिने गलत सूचना, भ्रामक