विश्व बाघ दिवस मनाइयो

काठमाडौं–स्वास्थ्य पर्यावरणको लागि बाघको संरक्षण भन्ने नाराका साथ शनिबार नेपालमा पनि विश्व बाघ दिवस मनाईएको छ । 

दिवसको अवसरमा बाघ संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य साथ राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग लगायतले राजधानीमा अन्तरक्रिया कार्यक्रम गरेका छन् । 
कोषको केन्द्रीय कार्यालय खुमलटारमा गरिएको कार्यक्रममा बाघ संरक्षणको क्षेत्रमा काम गर्दै आएका सरकारी तथा गैह् सरकारी संघ संस्थाहरुले बाघको संख्या बढ्नु आफैमा सुखद पक्ष रहेपनि मानवसंग बढ्दै गएको द्धन्द्धप्रति भने चिन्ता व्यक्त गरेका छन् ।
 संख्या बढ्दै जांदा उपयुक्त वासस्थानको खोजीमा बाघ मध्यवर्ती क्षेत्रमा प्रवेश हुंदा त्यसले मानविय क्षति पुर्याउने गरेको भन्दै उनीहरुले उपयुक्त व्यवस्थापनमा कार्ययोजना केन्द्रीत गर्न सुझाव दिएका हुन् ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव गोविन्द गजुरेलले बाघ र मानवको सहअस्तित्वलाई आत्मसाथ गर्दै बाघको संख्या बढाउनका लागि उसको उपयुक्त वासस्थान निर्माण र संरक्षणमा विचार पुर्याउनुपर्नेमा जोड दिए । 
 बाघको संख्या वृद्धि संगै मानव बाघ द्धन्द्धका घटनाहरु बढ्दै गएको सन्र्दभमा द्धन्द्ध नै नहुने स्थिति सिर्जना गर्नुपर्ने धारणा उनको थियो । 
वन तथा भू संरक्षण मन्त्रालयका सचिव प्रकाश माथेमाले बाघको संख्या वृद्धि संगै मानवसंगको द्धन्द्ध पनि बढेको पाईएको भन्दै मानवसंगको द्धन्द्ध व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको बताए । 
 परिस्थितिकीय प्रणालीको उच्च तहमा रहेको प्रजाति भएकाले बाघको संरक्षण गरेमा बाघ पाईने क्षेत्रमा समग्र वन, वनस्पति र अय वन्यजन्तु समेत संरक्षण हुने उनको तर्क थियो ।

सरकारले सन् २०२२ सम्ममा नेपालमा पाटे बाघको संख्या २ सय ५० पुर्याउने लक्ष लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा