खुल्दैछ रहस्य काभ्रेकाे ‘सामूहिक मृत्यु’ प्रकरणकाे, जग्गा फिर्ता भयाे

काभ्रे–बनेपा बसपार्क नजिकैको  होटलमा सामुहिक मृत भेटिएका दाहाल परिवारको अन्त्येष्टि गरिएको छ ।  शुक्रबार बनेपाको बसपार्कमा रहेको गौतम भोजनालयमा राजाराम दाहालसहित उनका बुबा हरिभक्त, आमा हरिमाया, र बहिनी रञ्जनाले मृत फेला परेका थिए । kavre-2_dmQbmKgBt2
दाहासस्कार पछि मृतक राजारामकी जेठी श्रीमती कमला र हरिभक्तका भाईहरु रामभक्त र विष्णुभक्त किरिया बसेका छन् । 
एक्लै सम्पत्ति खानका लागि मात्रै सम्बन्ध विच्छेदको कागज गरि राजारामसँगै बस्दै आएकी भनिएकी कान्छी श्रीमती भने किरियामा बसिनन् । 
आफूले ८ महिना अघि नै सम्बन्ध विच्छेद गरेको भन्दै उनले किरिया गर्न नमानेको गाउँलेहरुले बताए । आफ्ना बिषयमा समाचार बाहिर ल्याएको भन्दै उनले स्थानीयलाई नछोड्ने भन्दै धम्की दिएको समेत गुनासा आएका छन् । 
यसैबीच सम्पत्तिकै कारण सामूहिक आत्महत्या गरेको  खुलेपछि पूजा दाहालले सोमबार जिल्ला मालपोत कार्यालयबाट जेठी श्रीमती कमला र उनका छोरा सुरजका नाममा जग्गा फिर्ता गरेकी छिन् ।

उनकै कारण घटना घटेको आरोप लागेपछि सम्बन्ध विच्छेद हुनुअघि २०७३ मंसिर ७ गते सासू हरिमाया दाहालको नामबाट उग्रचण्डी नाला ६ को कित्ता नम्बर ३३४ को ५ रोपनी ८ आना २ पैसा ३ दाम जग्गा बकसपत्र गरी लिएको जग्गा मध्ये ५ रोपनी जग्गा पूजाले राजारामकै जेठी श्रीमती कमला र उनका छोरा सुरजलाई पास गरिदिएकी हुन् । जग्गा पास गरिदिएलगत्तै तीन दिनदेखि शिक्षण अस्पताल महाराजगन्जमा राखिएका शवहरूको परीक्षण गरी पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।dsc08514_n0ZDSjTr9E

पूजाले जेठीको अंश नदिने नियतले परिवारकै सल्लाहमा अंश बुझेर सम्बन्ध विच्छेद गरेको तथ्य सार्वजनिक भएको थियो । सोही तथ्य सार्वजनिक भएपछि जेठी र कान्छी श्रीमतीका आफन्तहरूको छलफलबाट बकसपत्र गरेर लिएको पूजाको नामको जग्गा फिर्ता गर्ने सहमति भएपछि पूजाले मालपोत कार्यालयमा पुगेर जग्गा फिर्ता गरिदिएकी हुन् ।
सासू हरिमाया दाहालको नाममा रहेको सम्पत्ति २०७३ मंसिर ७ गते आफ्नो नाममा बकसपत्र गराएर श्रीमान् राजारामसँग २०७३ मंसिर ९ गते जिल्ला अदालत काभ्रेपलाञ्चोकमा दर्ता भएको सम्बन्ध विच्छेदको मुद्दा १२ गते फैसला पछि २३ दिन अर्थात् २०७३ पुस ५ गते पशुपति श्रेष्ठको साविक दक्षुटोल–१ मा रहेको कित्ता नम्बर ६७९ बाट कित्ता नम्बर ९७९ मा २ आना २ दामको जग्गा र सोही जग्गामा बनेको तीनतल्ले घर पूजाले बकसपत्र गरी लिएकी थिइन् । उक्त घरको २५ लाख ऋण भएकाले पूजाले नै सकार्ने सहमति भएको छ ।

यसैबीच काभ्रे  प्रहरी प्रमुख सहकुलबहादुर थापाले घटनाको अनुसन्धान भइरहेको चन्दै अझैं निश्कर्षमा पुग्न नसकिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा